Sunday, March 16News That Matters

छुट्टीएको बजेट काटिएपछि अलपत्र चुहाडेको साकेला थान

पूर्णपुष्टि, ११ जेष्ठ ।
चुहाडेमा साकेला थान व्यवस्थित गर्न बजेट आवश्यक देखिएको छ । प्रदेश सांसद हिमाल कार्कीले छुटाएको १० लाख बजेट सरकार परिवर्तनले असर पारेको छ । कांग्रेस गुटका कारण सेर बहादुर पक्षका कार्कीले छुट्टाएको बजेट शेखर पक्षको मुख्यमन्त्री केदार कार्की आए सँगै बजेट काट्ने काम भएको स्थानीयहरुले जनाएको छ । स्थानीय दिल वहादुर राईका अनुसार संस्कृतिलाई राजनितिकरण गरिएको जनाए । भोट हालेर जिताएको सांसद मेयरहरुको राजनितिकरण कारणनै साकेला थानको लागि छुटिएको रकम काटिएको राईको भनाई छ । बहु सांस्कृति बहुपहिचान भएको देशमा संस्कार सस्कृति बचाउन नेताहरुको राजनितिकरणले असर पारेको जनाए । नेपाललाई संस्कृतिकरण गर्न जोड गर्नु पर्नेमा उल्टै बजेट कटाएर निरुत्साह गर्ने राजनितिले दुखि बनाएको चुहाडेका किरात समुदायहरुले गुणासो गरेको छ । उनिहरुले यस स्थानलाई बजेट बिनियोजन गरि व्यवस्थि ठाउँ बनाउन नेताहरुमा आह्वान गरेको छ ।