
पूर्णपुष्टि, बैशाख १४ । उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा नं. ४ सानरलुङ स्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता भएका पूरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा लिम्चुङबुङ गाँउपालिका वडा नं. ५ चौलाने बस्ने अन्दाजी ५१ बर्षीय रामशेर राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत ८ गते राती ११ बजे राई सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जानेक्रममा उनि बेपत्ता भएका थिए । सुनकोशी नदीमा मानिस बेपत्ता भएको भन्ने सुचना प्राप्त हुनसाथ प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा शनिबार दिउँसो ३:४० बजेको समयमा रौतामाई गाउँपालिका–३ भदौरे स्थित सुनकोशी नदीमा उनको लास फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेको उनको आवश्यक कानूनी प्रकिया पुरा गरी जिल्ला अस्पताल उदयपुरमा ल्याई पोष्टमार्टम पश्चात शव मृतकको छोरा जापान राईलाई बुझाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
