सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण
साउन १७ गते ।
यमनको एक सैनिक क्याम्पमा परेडमा रहेको सैनिकमाथि विद्रोही समुह हुथी समुदायबाट आक्रमण भएको छ । सैनिक परेडमाथि भएको क्षेप्यास्त्र आक्रमणमा करिब ३२ जना सैनिकको मृत्यु भएको हो ।
दक्षिण तटिय सहर एडनमा भईरहेको सैनिक परेड माथि क्षेप्यास्त्र र अर्को सशस्त्र ड्रोनको निशाना बनाएको विद्रोही समूहले संचालन गरेको टेलिभिजन च्यानलले जनाएको छ ।
निकै पहिले पनि उक्त शहरको एक प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना प्रहरीको ज्यान गएको थियो । यस दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे प्रस्ट नभएको जनाईएको छ ।
उत्तरी एक हुथी विद्रोहीहरूको पकड यरिया क्षेत्रमा आक्रमण गर्न सरकारले परिचालन गरेको फौजको एक भाग रहेको दावी गरेको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रम भएको जनाएको छ ।
उक्त आक्रमणमा एकजना वरिष्ठ सैनिक कमाण्डर मारि...








