दुर्गम जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा
साउन १२ गते ।
दुर्गम जिल्ला जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा दिने भएको छ । दुर्गम पहाडी क्षेत्रका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो सेवा प्रवाह गर्न लागेको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भए अनुसार जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
लामो समयसम्म बेथा लागी बच्च जन्माउन नसक्ने भएमा तत्काल कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको छ । रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सक...








