Friday, May 29News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा भागी बाल विवाह बढ्दो

उदयपुरमा भागी बाल विवाह बढ्दो

समाचार
उदयपुर, माघ ९ गते । उदयपुरमा भागि बाल विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी वढ्दो एक तथ्याङ्कले देखाएको छ । सानै उमेरमा भागेर विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो । बाल विवाह न्युनिकरण गर्न सरकारी निकाय तथा गैरसरकारी संघ सस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएपनि बाल विवाहमा भने केहि सुधार मात्र भएको यस तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको नीति अनुसार बाल बालिकाहरुलाई अनिवार्य शिक्षा गरेकाले शिक्षीत बालबालिका नै एक आपसमा मिलेमतो भई उमेरै नपुगी भागेर विवाह गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । मिलेमतोमा विवाह गरि घरबाट भागेपछि बुवाआमाले प्रहरीमा मेरो छोरी हरायो भनि हुलिया सहितको निवेदन दिने गरेको छ । यस निवेदनको आधारमा खोजतलास गरि फेला पार्दा विवाह गरी भागेको खुल्न आउने भएकाले बाल विवाह...
भव्य मनाए आदिवासी जनजातीहरुले नयाँ वर्ष

भव्य मनाए आदिवासी जनजातीहरुले नयाँ वर्ष

समाचार
उदयपुर, माघ १ गते । नेपालीहरुको एक विशेष महान चाडको रुपमा नाईने माघे शक्रान्ति आदीवासी जनतातीहरुले नयाँ वर्षका रुपमा मनाएका छन् । आदिवासी जनजाती किराँत, मगर, थारु लगायतका समुदायहरुले शक्रान्तिालाई नयाँ वर्षको रुपमा र हिन्दू धर्मलम्बिहरुले मर्कर नुहाई पुजा पाठ गरि भव्य रुपमा मनाएका हुन् । बहुल जातजाती र बहुल भाषा, धर्म, सस्कार, सस्कृती र पहिचानले भरिएको नेपालमा विभिन्न चाड पर्वहरु मनाउदै आएको छ । त्यहि चाड पर्व मध्येको एक विशेष माघे शक्रान्तिलाई पनि लिईन्छ । यस माघे शक्रान्तिमा आदिवासी जनजातीका विभिन्न समुदायले नयाँ वर्षको रुपमा भब्य मनाउँदै आएका छन् । आ–आफ्नै सस्कार र पहिचान झल्काउने मौलिक खानाका परिकारहरु खाने र आफन्त जन सँग नयाँ वर्षको शुभकामना आदान प्रदान गरी भव्य रुपमा मनाउने गर्दछन् । किराँत किराँत समुदायका राई, लिम्बु, सुनुवार लगायत किराँतीहरुको मौलिक खाना कादोको ढ...
यलेदुङको स्वागतमा जिप प्रज्वलन

यलेदुङको स्वागतमा जिप प्रज्वलन

समाचार
उदयपुर, पुस ३० गते । विश्व भरका किराँत राईहरुले यलेदुङ ५०७८ लाई विदाई र नयाँ वर्षको स्वागत उदयपुरमा पनि जिप प्रज्वलन गरी गरेको छ । विश्वभर छरिएर रहेका किराँत समुदायका राईहरुले यलेदुङ ५०७९ को स्वागत गर्न वर्षको अन्तिम साँझ सोमबार दिप प्रज्वलन गरि रहेको हो । किराँत राई यायोक्खा जिल्ला समितिले यलेदुङ ५०७८ लाई विदाई र ५०७९ नयाँ वर्षको स्वागत गर्न दिप प्रज्वलन गरेको किराँत राई यायोक्खा जिल्ला समितिले जनाएको छ । नेपालमा धेरै जनजातीहरुको महान चाड नै पर्ने माघ १ गते किराँत समुदायको भने नयाँ वर्षको पर्ने गरेको किराँत राई यायोक्खा जिल्ला समितिको अध्यक्ष विमल किरातीले बताए । यलम्बर राजाको शासनकाल देखि नयाँ यले सम्बत मनाउन र गन्न आएको थियो । त्यसैले विशेष रुपमा माघ १ गतेलाई नयाँ वर्ष मनाउदै आएको राईले बताए । विभिन्न जात जाती र धर्मलम्बिहरुले आ–आफ्नो विशेषता अनुसार माघ १ गतेलाई मनाउने भएप...
जेष्ठ नागरिकलाई न्यानो सम्मान

जेष्ठ नागरिकलाई न्यानो सम्मान

समाचार
उदयपुर, पुस ३० गते । उदयपुरको त्रियुगा नगरपालिका १३ नं। वडा कार्यालयले अतिबिपन्न तथा जेष्ठनागरिकहरुलाई न्यानो कपडाका साथ सोमबार सम्मान गरेको छ । ज्योतिटोल स्थित वडाको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा अतिबिपन्न ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर मेयर बलदेब चौधरी र वडाध्याक्ष पशुपति चौधरीले सुइटर र ब्याङ्केट प्रदान गरे । न्यानो सम्मान पाएकोमा बृद्धबृद्धाहरु खुसि भए । मेयर चौधरीले नगरको आन्तरिक स्रोत बढाएर बृद्धबृद्धा, बालबालिका, महिला लगायत जनहितमा अझबढि काामहरु गर्ने बताए । कार्यक्रममा नेकपाका युवानेता परमेश्वर घिमिरे, जिल्ला समन्वय समिति सदस्य जनुका बराल, नगर सल्लाहकार गिता रेग्मी, वडा सदस्य मानबहादुर मगर (पदम) लगायतले मन्तब्य राख्दै न्यानो कार्यक्रम मार्फत राज्यको न्यानो सम्मान मिलेको बताए । कार्यक्रममा वडाका चारवटा युवा क्लबलाई प्रो...
पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदै

पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदै

खेलकुद, समाचार
उदयपुर, पुस ३० गते । स्वास्थ्य, पर्यावरण र पर्यटन विकासका लागि उदयपुरका पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदैछ । उदयपुर र देशैभरका साईकलप्रेमीहरुको विशेष जमघटका साथ आगमी माघ २५ र २६ गते सो कार्यक्रम हुनेभएको हो । उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिदै आयोजक भब्य तयारीमा जुटेको छ । स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापासमेतले भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने छ । १८ नं. वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा ...
उच्च पदका ४ पूर्व विद्यार्थीलाई सम्मान

उच्च पदका ४ पूर्व विद्यार्थीलाई सम्मान

समाचार
उदयपुर, पुस २९ गते । उच्च पदको प्रशंस्सा गर्दै ५४ औँ वार्षीक उत्वसको अवसरमा उदयपुरको एक विद्यालयले सरकारी उच्च पदमा पुगेका पुर्व विद्यार्थीहरुलाई सम्मान गरेका छन् । चौदण्डीगढी नगरपालिका वडा नं ६ का ज्योति मावि बेल्टारले ५४ औँ वार्षीक उत्वसको एक कार्यक्रममा सरकारी निकायको उच्च पदमा पुगका ४ जना पूर्व विद्याथीहरुलाई शक्रुबार समान्न गरेका हुन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँमा कार्यरत प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) ठुले राई, शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा कार्यरत सह प्राध्यपक ललिता राई, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरीमा कार्यरत अरुण गुप्ता र जिल्ला अस्पताल ईनरुवा सुनसरीमा कार्यरत रमेश बस्नेतलाई दोसला ओढाएर सम्मान पत्रको साथ मायाको चिनोले सम्मान गरेको विद्यालय व्यावस्थापन समितिको अध्यक्ष प्रदिप कुमार केशीले बताए । उत्सवको अवसर...
आगलागी हुदाँ एक घर जलेर नष्ट

आगलागी हुदाँ एक घर जलेर नष्ट

समाचार
उदयपुर, पुस २८ गते । उदयपुरका लिम्चुङबुङकोे हिम्मामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । लिम्चुङ्बुङ गाउँपालिका वडा नं ५ जाते हिम्मामा शुक्रबार आगलागी हुदा घर जलेर नष्ट भएको हो । अचानक घरमा आगलागी हुदा हिम्मा निबासी बाग सेर राईको घरमा रहेको लाखौँको अन्नपात,लत्ताकपड र नगद सहित जलेर नष्ट भएको स्थानियबासीहरुले जनाएको छ । घर जलेर सवै खरानी भएपछि के खाने कहाँ बस्ने भन्ने चिन्ता परेका छन् । उनीहरु छिमेकीको घरमा बसेका बस्न बाध्य भएका छन् ।...
बाल विवाह न्युनिकरण गर्न नगर स्तरिय बैठक

बाल विवाह न्युनिकरण गर्न नगर स्तरिय बैठक

समाचार
उदयपुर, पुस २८ गते । उदयपुरमा बाल विवाह न्युकिरण गर्न नगर स्तरिय सरोकारवालाहरु सँग छलफल भएको छ । त्रियुगा गरपालिकामा हुने बाल विवाह न्युनिकरण गर्न नगर स्तरिय सरोकारवालाहरु सँग शनिबार छलफल भएको हो । त्रिनपा र पारालिगल कमिटी उदयपुरको आयोजनामा महिला मानव अधिकार रक्षक संजाल उदयपुरको समन्वयनमा नगर स्तरिय छलफल भएको थियो । बढ्दो बाल विवाहलाई न्युनिकरण गर्न स्थनिय सरकारको ठुलो भुमिका रहने भएकोले अनियानकर्मीहरुले मात्रै नियन्त्रण गर्न नसकिने हुदा नगर स्तरिय सरोकारवालाहरु सँग छलफलको गरिएको पारालिगल कमिटिको अध्यक्ष माया भण्डारीले बताईन् । अन्धविश्वास र पुराना सस्कार तथा अशिक्षीतको कारण पहिला पहिला कितपय कोकराको बाल बालिकाहरुले समेत विवाह गर्नु पदथ्यो । तर आज अधिकांश मानिस शिक्षीत भएरपनि बाल विवाह न्युनिकरण हुनको साटो बढ्दै गएकाले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल ...
ऐतिहासिक चौदण्डीगढी दरबारमा पहिलो पटक झण्डोत्तोलन

ऐतिहासिक चौदण्डीगढी दरबारमा पहिलो पटक झण्डोत्तोलन

समाचार
उदयपुर, पुस २८ गते । उदयपुर, पुस २७ गते । एतिहासिक स्थलको संरक्षणमा चासो राख्दै नेपाली सेनाले शुक्रबार एक ऐतिहासिक स्थल “चौदण्डीगढी”मा सरसफाईका साथै झण्डोत्तोलन गरेको छ । उदयपुरको चौदण्डीगडी नगरपालिका १ अवस्थित ऐतिहासिक स्थल चौदण्डीगढीमा सरसफाई तथा पहिलोपटक झण्डोत्तोलन गरिएको हो । सदरमुकाम गाईघाट बोक्सेस्थित सेनाको रणसार्दुल गणका गणपति भैरबबहादुर थापाको नेतृत्वमा गएको सेनाहरुले स्थलको सरसफाई गरेपछि नगरपालिकाका मेयर खगेन्द्र राईले राष्ट्रिय झण्डात्तोलन गर्नुभयो । उक्त स्थान ऐतिहासिक महत्वको कारण नगरपालिकाको नाम सोही गढीको नामबाट राखिएको छ भने प्रशस्त पर्यटकीय महत्वको रहेकाले नगरपालिकाले विकास र संरक्षणमा प्राथमिकतामा राखेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो । नेपालका प्रख्यात विभिन्न गढी मध्येको एक चौदण्डीगढीमा सेनवंशी ४ जना राजाले ४० वर्ष शासन गरेको इ...
स्थापना दिवसमा रक्तदान कार्यक्रम

स्थापना दिवसमा रक्तदान कार्यक्रम

समाचार
उदयपुर, पुस २६ गते । उदयपुरमा एक लघुवित्त वित्तिय सस्थाले १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । डिप्रोस लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा गाईघाटले संस्थाको १८ औं स्थापना दिवसको अवसर पारेर बिहिबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदान –जीवन दान भन्ने नाराका साथ संस्थाले रगत अभावमा पर्ने विरामीको सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी उदयपुर र रक्त सञ्चार केन्द्र गाईघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरे । त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । त्रियुगा नगरपालिका ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई लगायतका वक्ताहरुले संस्थाले रक्तदान जस्तो कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व प...