प्रदेश स्तरिय लाखे प्रतियोगीतामा पहिलो चैनपुर
उदयपुर, पुस ९ गते ।
उदयपुरमा भएको प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुर पहिलो भएकोे छ ।
प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुरले १४ टिम लाखेलाई पछि पार्दै पहिलो भएको हो ।
गाईघाटमा संचालित पहिलो उदयपुर खाना परिकार मेला २०७५ को ८ औँ दिन भएको प्रदेश स्तरिय नेवार जातिको लाखे नाचको प्रतिस्प्रधा गराईएको थियो । “कला संस्कृति परिकारको संरक्षण, आन्तरिक पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ जिल्ला होटल व्यावसायी संघ, झिगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा मेला संचालन भईरहेको् छ ।
नेवार जातिको सस्कार, सस्कृति तथा पहिचनको संरक्षण तथा प्रवद्र्धनको लागि मात्रै नभएर सवै जात जातीको आ–आफ्नो सस्कार सस्कृति, भाष, धर्म, भेष भुषा तथा पहिचान आगन्तुक सस्कारले गर्दा ओझेल्मा पर्दै गाईरहेकोले संरक्षण तथा सम्बद्र्धनको लागि लाखे प्रतियोगीताको आयोजना गरिए...









