Wednesday, May 27News That Matters

Author: पूर्णपुष्टि खबर

मियोविनाको दाँई : जिल्ला अस्पताल उदयपुर (जनताको आवाजको भिडियोसहित)

मियोविनाको दाँई : जिल्ला अस्पताल उदयपुर (जनताको आवाजको भिडियोसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, चैत ४ गते https://youtu.be/Uc9rFbJdt2o -जिल्ला अस्पताल उदयपुरभित्रको डाक्टर तथा कर्मचारीको चरम लारवाहीको विरुद्धमा आईतबार विरामीहरुले आक्रोस पोखेका छन् । सयौंको संख्यामा रहेका उनीहरुले सामान्य चेकजाँच र सिटामोलसमेत नपाएको भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले ओपिडी र अस्पताल प्रशासन मात्र घेराउ गरेनन् त्रियुगा नगरपालिकासमेत घेराउ गर्न पुगे । अस्पतालका डाक्टरहरु र अस्पताल प्रशासनको लापरवाहीका कारण इमरजेन्सिी सेवा बाहेकका सेवाहरु सबै प्रभावित छन् । स्थानीय सर्बसाधारणले कयौं पटक गुनासाहरु राखेपनि अस्पताल प्रशासन र सरोकारवाला निकायहरु छलफल, बैंठकमा मात्र सिमित छन् । अस्पतालको सहि व्यवस्थापन र कार्यन्वयन हुन नसक्दा विरामीले दुःख र झन्जट मात्र पाइरहेका छन् । अस्पतालको सेवामा कर्मचारी र चिकित्सक सबैको मनोमानी चलिरहेको छ । अस्पताल मियोविनाको दाइ जस्तै बनेको छ । गर्नेल...
स्व. वान्तवाकोे तस्बिरले भरिए फेसबुकहरु

स्व. वान्तवाकोे तस्बिरले भरिए फेसबुकहरु

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत ५ गते  -आइतबार अपरान्हदेखि एकाएक फेसबुकका स्टाटसहरु समाजसेवी ज्ञानेन्द्र वान्तवाको श्रद्धाञ्जली तस्बिरहरुले भरिएका छन् । सबैको स्टाटसमा वान्तवाकै तस्बिरमात्र छन् । यो क्रम आज पनि चलिरहेको छ । समाजमा सक्रिय, युवाहरुकाबीच अग्रज, अति मिलनसार, खेलप्रेमी तथा राजनीतिककर्मी ४७ बर्षिय वान्तवाको लोकप्रियता फेसबुक वालहरुबाट प्रष्ट छ । उहाँको निधनको खबरले स्तब्ध उदयपुरबासी, उहाँका आफन्तजनहरुमा फेसबुक स्टाटस्का अन्य विषयनै फुर्न सकेन, त्यसैले सबैले उहाँकै तस्बिर राखेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । पारिवारिक श्रोतका अनुसार शनिबार राती सुतेका वान्तवा आइतबार विहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा थिए । आफन्तसंगको भेटघाटमा काठमाडौं रहनु भएका वान्तवाको हृदयघातबाटा स्वर्गरोहण भएको परिवारले जनाएको छ । त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यसमेत रह...
जनप्रतिनिधिलाई लगामको आवश्यकता देखिएपछि संयन्त्र बन्यो : एमाले उदयपुर सचिव घिमिरे (भिडियो कुराकानीसहित)

जनप्रतिनिधिलाई लगामको आवश्यकता देखिएपछि संयन्त्र बन्यो : एमाले उदयपुर सचिव घिमिरे (भिडियो कुराकानीसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत ४ गते https://www.youtube.com/watch?v=K846LnzFSJk&t=9s -पार्टीको अभिमत र जनताको अमूल्य मतबाट जितेका स्थानीय तहका जनप्रतिनिधिहरु मनोमानीरुपले चल्दै गएको भन्दै नेकपा एमाले उदयपुरले स्थानीयतह सञ्चालन संयन्त्र खडा गरेको छ । पार्टीले जिल्ला समन्वय समितिदेखि गाउँ/नगरपालिका र वडा तहसम्मको सञ्चालन संयन्त्र खडा गरेको छ । पार्टीसंग सामिप्यता नगरेको र जनताबीचको समस्या नहेरी आप्mनै ढंगले जनप्रतिनिधिहरु चलेको गुनासो पार्टीमा आएपछि गत फागुन ३ गते बसेको बैंठकले विभिन्न सञ्चालन संयन्त्रहरु निर्माण गरेको एमाले उदयपुर सचिव परमेश्वर घिमिरेले बताउनुभयो । संयन्त्रले जनप्रतिनिधिहरुलाई मनोमानीढंगले चल्नबाट रोक्दै पार्टीले अगाडी सारेका योजनाहरुलाई कार्यन्वयन गराउन, जनताको चाहना अनुरुप अगाडी बढ्न र काममा सहयोगसमेत गर्ने उहाँले बताउनुभयो । जनताका हितमा पार्टी र जनप्रतिनिधिबीच...
उदयपुरमा इमो कलबाट ठगीको घटना सनसनी

उदयपुरमा इमो कलबाट ठगीको घटना सनसनी

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत्र ३ गते -इमो कलबाट ठगीको घटनाले उदयपुरमा सनसनी फैलाएको छ । इमो कलबाट २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ठगी गर्ने एक व्यक्तिलाई नवलपरासी प्रहरीले गत २८ गते पक्राउ गरेको खबरपछि सनसनी फैलिएको हो । इमो कलबाट चिठ्ठा पर्यो भन्दै ४५ हजार ठगीमा परेका जिल्लाको चौदण्डीगढी नगरपालिका–१० स्थायी घर भई हाल त्रियुगा नगरपालिका ५ देउरीमा रहेका रामसेवक चौधरी, पैसा माग गर्ने व्यक्ति प्रहरीमा पक्राउ पर्यो भन्ने सुनेपछि छाँगाबाट खसेझै भएका थिए भने त्यस्ता म्यासेज प्राप्त गर्ने अन्य सर्बसाधारणहरु झस्किएका छन् । अनगिन्ति इमो आइडीमा त्यस्ता म्यासेज आउने गरेको र टाठाबाटाले के कसो हो भन्दै सोधीखोजी गर्ने र सिधासाधाहरु भने फस्ने गरेका छन् । चौधरीबाट पैसा लिने नवलपरासी चुस्ता गाउँपालिका वडा नं. ४ नर्सहीका १९ वर्षिय नन्दन विन २८ गते पक्राउ परेका थिए । फागुन २७ गते एनसेलको नयाँ सिम कार्...
सेतो कोट र कालो दिन

सेतो कोट र कालो दिन

बिचार
रिना चामलिङ राई (प्लेन दुर्घटनामा ज्यान गुमाएका चिकित्सकरुको स्मृतिमा...) जिवित हुदा सेतो कोट भित्र डाक्टर साब थियौ । स्वर्गबाँस हुँदा सेतै कोटभित्र मृत्यु बर्णन गर्यौं । सेतोलाई जहिले स्वच्छ, निश्चल अनि पबित्र प्रतीक भनेर मान्ने गरिन्छ तर, सधै सेतो बस्तु कहाँ निस्चल र पबित्र हुदोरहेछ र ? सेतो कोटमा पनि त कालो रङ्गहरु लत्त्पतिदो रहेछ । सेतो कोटमा अस्ताए तिम्रा श्वासहरु । सेतो कोटले कालो दिन छरेर गए तिम्रा ती सपनाहरू । सदाको लागि सेतै कोटमा सजिएर गयौं । तिम्रो अन्तिम स्वास फेर्न आफ्नो मातृभुमीमा पाईला त टेक्यौ तर, अन्तिम पाईला टेकेउ । तिमी भाग्यमानी । कम्तीमा आफ्नै मातृभुमिमा अन्तिम श्वास ल्याईपुर्यायौं । तिम्रा ति मिठो अनि शुन्दर सपनाहरू मधेसको बिघा अनि कट्ठा जमिन र बैंकको धितोसँग साटेको थियौ । बाबा र आमाको त्याग बलिदानी पसिनाको मुल्यसँग सेतो कोट अनि सिरिन्ज र आलाको लडाइ जितेको थियौ...
नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए

नि. प्रजिअ, वडाध्यक्ष र प्रशासकीय अधिकृतले ढोका ढप्ढकाए

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ३० गते -बुधबार विहान जिल्ला प्रमख निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, त्रियुगा नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडाध्यक्षहरु विश्वराज भट्टराई, प्रकाश खड्का लगायतको एक समुहले गाईघाट बजारको पुरानो पेट्रोलपम्प लाईनमा एक घरको ढोका ढप्ढकाई रहेका भेटिए । पक्कीघरको अगाडी असभ्यढंगले फोहोर फालिएको देखेपछि ढोका ढप्ढकाएका उनीहरुले केहीबेरपछि निस्किएका घरवेटीलाई राम्रो पक्कीघरलाई अगाडीको फोहोरले असोभनीय पारेको भन्दै सम्झाए । त्यस्ता फोहोरले एउटा घरमात्र हैन सिंगो शहर नै असभ्य, दुर्गन्धित हुने भएकोले सबै नगरबासीले सरसफाईमा ध्यान दिन अनुरोध गरे । घरबेटीले आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए । जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा बजार अनुगमनका लागि निस्किएको उक्त टोलीले सरसफाईप्रतिसमेत चासो दिदै अनुगमनको कार्य गरेको थियो...
परीक्षाको कापी पुनः परिक्षणको माग

परीक्षाको कापी पुनः परिक्षणको माग

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन २९ गते -भर्खरै सञ्चालनमा आएको जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरमा कम्प्युटर अपरेटरका लागि भएको लिखित परीक्षाको नतिजा चित्त बुझ्दो नभएको भन्दै केही परिक्षार्थीहरुले पुनः परिक्षणको माग गरेका छन् । समितिले सोमबार (फागुन २८ गते) परीक्षा दिइ, सोही दिनको साँझ परीक्षा नजिता सार्बजनिक गरेकोमा नजिता शंकास्पद र चित्त बुझ्दो नरहेकाले पुनः कापी परीक्षणको माग गरेका हुन् । उनीहरुले पुनः कापी परिक्षणको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन दिएका छन् । उनीहरुका अनुसार ८ जना परीक्षामा सामेल रहेकोमा सुनियोजित ढंगले एकजनाको नाममात्र उतीर्ण भनी नाम निकालेको उनीहरुले बताएका छन् । योग्य र सक्षम भन्दा पनि समितिभित्र मिलेमतो गरी सुनियोजितरुपबाटै एकजनाको मात्र नाम निकालिएको आरोप उनीहरुको छ । सोही पदका लागि यसअघि गत फागुन ८ गते समितिले परीक्षा सञ्चालन गर...
आगलागीबाट पन्ध्र लाख क्षति

आगलागीबाट पन्ध्र लाख क्षति

समाचार
पूर्णपुष्टिखोटाङ, फागुन, २९ गते -भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा पन्ध्र लाख बढी क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पन्ध्र लाख ४२ हजार बराबरको क्षति भएको हो । घरमा कोही नभएको समयमा सोमबार साँझ आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएका नगद ५० हजार, बिक्री गर्न राखिएको छ मन अलैंची, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात लगायत जलेर नष्ट भएको स्थानीय हर्कराज राईले जानकारी दिनुभयो । गाउँभन्दा अलि टाढा दिक्तेल–खार्मी सडक खण्डमा रहेको घरमा भएको आगलागी स्थानीयले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेर नष्ट भएपछि राई परिवारको विचल्ली भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जान...
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटो फिचरसहित)

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटो फिचरसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २७ गते -प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताका सवालमा सदैव जिम्वेवार रहेकाले यसविरुद्ध हुने कुनैपनि गतिबिधी सेनालाई सह्य नहुने बताउनुभएको छ । सैनिक कल्याणकारी वोर्डले आइतबार श्री नम्बर १८ वाहिनी, भुल्केमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिवीरलाई सम्बोधन गर्दै प्रधानसेनापती क्षत्रीले उक्त कुरा बताउनुभएको हो । राष्ट्रिय हितविरुद्ध हुने गतिबिधि निस्तेज पार्न सेना संबिधानको धारा टेकेर सरकारको आदेशअनुसार अघि बढ्न तत्पर रहेको प्रष्ट पार्दै उहाँले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली सेना सक्षम रहेको बताउनुभयो ।  विकासका गतिविधिमा स्वदेश तथा विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा सेनाले पुर्याएको उच्च योगदानको चर्चा गर्दै उहाँले भर्खरै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्व...
दोषीलाई सजिलै उन्मुक्ति दिइदा, फेरी खुलेआम ठगी

दोषीलाई सजिलै उन्मुक्ति दिइदा, फेरी खुलेआम ठगी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, फागुन २७ गते उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित आयुष आयुर्वेदीक क्लिनिकले अबैधानिकरुपले स्वास्थ्य शिविर सञ्चालन गरेर सर्बसाधारण ठगी गरिरहेको छ । आफैमा अबैंधानिक रहेको उक्त क्लिनिकले सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालय, गाईघाट र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट कुनै पनि स्विकृति नलिइ ठगी गरेको हो । फागुन २६ देखि २८ गतेसम्म सञ्चालन भनिएको शिविरमा गाउँगाउँबाट सर्बसाधारणलाई बोलाई शिविरको नाममा ठगी गरिरहेको स्थानीयले बताएका छन् । क्लिनिकका चिकित्सक डा. सुजित यादवले सम्बन्धीत निकायबाट स्विकृति लिई शिविर सञ्चालन गरेको भन्दै बचाउ गर्न खोजेका छन् । बैंधानिकताको कागज प्रमाण देखाउन नसकेपछि डा. यादवले क्लिनिक दर्ताको प्रक्रिया अगाडी बढिरहेको बताउनुभयो । अबैंधानिक ढंगले सञ्चालनमा रहेको सो आयुर्वेदीक क्लिनिकमा एक महिनाअघि प्रहरीले छापामारी डाक्टर र सञ्चालक पक्राउ गरे...