Thursday, April 30News That Matters

संसार

नेपालले कोप २४मा जलवायु परिवर्तनको मुद्दा उठाउने

नेपालले कोप २४मा जलवायु परिवर्तनको मुद्दा उठाउने

संसार
कोप २४ सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको असरको मुद्दा उठाउने भएको छ । पोल्याण्डमा आइतवार देखि शुरु हुने जलवायु परिवर्तन सम्बन्धी कोप २४का सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको असरको मुद्दालाई मुख्य विषयको रुपमा उठाउने भएको हो । राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २४ औँ सम्मेलनमा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नेपाली टोली सहभागीहुने भएको जनाएको छ । नेपालमा पनि अव बन्ने विकास निर्माणको योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने विषेश प्रणालीहरूको व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमालयका हिमशिखर पग्लेर काला पत्थर निस्कने हिमतालहरू भरीने वा सुक्ने जस्ता असरहरू देखिन थालेको विषयमा कुरा उठाइने जनाईएको छ । भने सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र वन तथा वातावरण मन्त्री शक्ति ...
दक्षिण कोरियामा अमेरिकी लडाकु विमान बन्द

दक्षिण कोरियामा अमेरिकी लडाकु विमान बन्द

संसार
दक्षिण कोरियाको आकाशमा अमेरिकी लडाकु विमान उडाउन भर्न रोकेको छ । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियामा उडान भर्न सोमबार देखि रोकेको हो । कोरिया सरकारको आग्रहमा विमान उडान भर्न रोकिएको अमेरिकी उच्च अधिकृतले जनाएको छ । उत्तर कोरियालको आणविक गतिविधिको कुटनीतिक प्रयासको ्लागि प्रशान्त हवाई फौजको अभ्यास गर्दै आएकोमा सरकारको आग्रह पस्चात स्थिगित गरिएको जनरल चाल्र्स ब्राउनले बताए । कुटनीतिक वार्ता प्रति सचेत रहेको पनि बताएको छ । २००४ देखि गुआम स्थित हवाई अखाडामा अमेरिकाले आफ्नो हवाई सैन्य बलको बम वर्षक बी–१ बी, बी–५२ र बी–२ विमान तैनाथ गरेको छ । विमानले उत्तर कोरियाको आकाशमा नियमित उडान गर्दै आएको छ । भने अस्ट्रेलिया, जापान र दक्षिण कोरयाको हवाई सैनिक विमान पनि सहभागी हुने गरेका छन् । कोरियामा विमान उडान रोकेको भएपनि विमानको संख्यामा कटौति नगरिएको ब्राउनले बताए ।...

अश्लील सामग्री नियन्त्रण गर्न कार्यालय स्थपना

संसार
चिनले सामाजिक सञ्जालहरुमा प्रकाशन हुने गैरकानूनी अश्लील सामग्री नियन्त्रण गर्न करिब ५ लाख १० हजार कार्यालय स्थापना गरेकोे छ । सामाजिक सञ्जालहरुमा बढ्दो अश्लीलता क्रमलाई नियन्त्रण गर्न स्थापना गरिएको कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा राखिने जनाएको हो । कार्यालयले सामाजीक, साकृतिक, वातावरणहरुलाई सफा र स्वच्छ राखी हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन् । २०१८ को त्रैमासिक नतिजा हेर्ने हो भने अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन गत वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको पाईन्छ । झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेशहरुमा बढ्दो क्रम रहेका छन् । कार्यालयको लागि स्वयमसेवककहरु खटाइएको छ भने युवा युवती देखि वृद्ध वृद्धा सम्मले उक्त विषयमा कुराकानी तथा छलफल गर्ने गरेका छन् ।...
मस्कोको नियन्त्रणमा नौसैनिक जहाज

मस्कोको नियन्त्रणमा नौसैनिक जहाज

संसार
रुसको एक टापु क्राइमिया नजिकको समुन्द्रमा युक्रेनका तीन नौसैनिक जहाजलाई हमला गरि नियन्त्रणमा लिएपछि दुई देश विच तनाव बढेको छ । युक्रेनी नौसैनिक जहाजमा हमला गर्दा चालक दलका सदस्य घाईते भएका छन् । युक्रेनी दुई वटा गनबोट र एक टग बोटलाई रुसी फौजले नियन्त्रणमा लिएको हो । तनाव बढे सँगै रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी जहाजहरु अवैध तरिकाले प्रवेश गरेको आरोप लगाएको छ भने दुवै देशले एक अर्कालाई दोष लगाई रहेका छन् । उक्त घटनालाई रुसले उद्दण्ड कार्य गरेको युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेको छ । सैनिक कानुनको प्रयोग गर्न संसदलाई आग्रह समेत गर्ने युक्रेनी राष्ट्रपति पोरोसेन्केले बताएको छ । कर्च स्ट्रेटमा आवगमन गर्न रुसले स्वतन्त्रतालाई कायम गर्नु पेर्ने युरोपेली युनियनले आह्वान समेत गरेका छन् । तर युक्रेनी जहाजले आफ्नो जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप रुसले...
बम विष्फोटनमा दर्जनौँको मृत्यु

बम विष्फोटनमा दर्जनौँको मृत्यु

संसार
अफगानिस्तानको पश्चिमी काबुलमा नयाँ वर्षको उत्सव मनाई रहेको भिडलाई लक्षीत गरि गरिएको बम विपष्फोटनमा दर्जनौँको मृत्यु भएको छ । काबुलको साखीमा हर्ष उल्लासका साथ नयाँ वर्ष मनाईरहेको हजारौँ मानिसहरुको भिडलाई लक्षित गरि गरिएको बम आक्रमणमा दर्जनौँको मृत्यु भएको हो । नयाँ वर्ष मनाई रहेको मानिसहरुको भिडमा शङ्खास्पद आत्मघाती बम आक्रमणमा करिब २६ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएको अधिकारीहरुले बताएका छन् । अल्प सङ्ख्यक सिया समुदायका मानिसहरुको भिडलाई लक्षित गरि एक जना संदिग्ध आक्रमणकारीले आत्मघाती बम विष्फोटन गरेको प्रारम्भिक विवरणहरूले देखिाएको छ । धार्मीक स्थल प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीको निगरानी बढेपछि विष्फोटक पदार्थ पड्काएको थियो । विष्फोटनमा परेको मानिसको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सिया समुदाय माथी आक्रमणका घटनाहरु बढ्दैगएको बेला फेरी अर्को घ...
पत्रकार मार्न साउदी युवराजको हात ः सीआईए

पत्रकार मार्न साउदी युवराजको हात ः सीआईए

संसार
साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी युवाजको हात रहेको अमेरिकी केन्द्रीय गुप्तचर (सीआईए) ले ठहर गरेको छ । सीआईएको ठर प्रति साउदी अरेवियाले युवराजलाई पत्रकार हत्याको योजनाबारे केहि जानकारी नभएको बताउदै आएको छ । अनुसन्धानको क्रममा अमेरिकी गुप्तचर निकायको स्रोतहरूले घटनाको विस्तृत प्रमाणहरूमा पहुँच पु¥याएको थियो । पत्रकार खशोग्गीले काम गर्ने द वासिङ्टन पोष्ट पत्रिकाले सआिईएको मुल्याङ्कनमा युवाराजको भाई खालेद वीन सलमानको फोन कुराकानीको आधार रहेको जनाईएको छ । फोनमा युवराजको निर्देशनमा सलमानले खशोग्गीलाई टेलीफोन गरी महाबाणिज्य दूतावास सुरक्षित रहेकोले त्याहा जान आश्वासन दिएको आरोप सलमान माथि लागेको छ । सलमान अमेरिकाको साउदी राजदूत पनि हो । आरोप लागेपछि सलमानले करिब १ वर्ष देखि खशोग्गी सँग भेटघाट र टेलिफोन सम्पर्क समेत नभएको भनी ट्वीटर मार्फत सन्देश जारी गरेको छ । यस्त...
दुदै विश्वयुद्ध लड्ने नेपाली योद्धा

दुदै विश्वयुद्ध लड्ने नेपाली योद्धा

संसार
नेपालको मनिराज गुरुङले प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्ध दुवै लडेका थिए । यतिबेला प्रथम विश्व युद्ध समाप्त भएको अवसरमा विभिन्न देशले भावुक कार्यक्रमहरु गरेका छन् । तर त्यतिबेला युद्धमैदानमा वीरगतिप्राप्त गरेका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै आफन्तजनले दुःख व्यक्त गरेका छन् । प्रथम विश्वयुद्ध साम्य भएको १ सय वर्ष पूरा भएको अवसरमा अस्ट्रेलिया, फ्रन्स,ब्रिटेन, लगायतका देशहरूले भावुक कार्यक्रमहरू भव्य रुपमा गरेका थिए । गुरुङ प्रथम र दोस्रो विश्व युद्ध ब्रिटेनको पक्षबाट लडेको थियो । विश्व युद्धमा हजारौँ नेपाली योद्धाहरुले युद्ध मैदानमा बलिदान दिएप्नि नेपालीहरुको योगदानको सम्झना स्वरुप कदर नगरिएको सामाजिक संञ्जालहरुमा आलोचना भईरहेका छन् । पहिलो विश्व युद्ध साम्य भएको एक सय वर्ष पुरा हुँदा भारतीय सेनाका पूर्व सुवेदार मेजर कृष्ण बहादुर गुरुङले गोर्खा फौजबाट दवै विश्व य...
नयाँ हतियार परिक्षणमा उत्तर कोरिया सफल

नयाँ हतियार परिक्षणमा उत्तर कोरिया सफल

संसार
विश्वमा तहल्का मचाई रहेको उत्तर कोरियाले फेरी नयाँ प्रविधियुक्त अस्त्रको सफल परिक्षण गरेको छ । उत्तर कोरीयाले शक्तिशाली राष्ट्रहरुलाई चुनौती दिईरहेको बेला अर्काे नयाँ अस्त्र सफल परिक्षण गरेको त्याहाका सरकारी संञ्चारमाध्यमहरुले जनाएको हो । परीक्षण गरिएका नयाँ अस्त्रको बारेमा कुनै समाचार संस्थाहरुले विस्तृत विवरण उल्ले गरेको छैन । के कस्तो र भन्ने बारेमा गोप्य राखी परिक्षण सफल भन्ने समाचार सम्प्रेशन गरिएको छ । समाचारमा निकै लामो समयपछि अस्त्रको परीक्षण गरिएको र पछिल्लो समयको पहिलो महत्व पूर्ण परिक्षण रहेको बताईएको छ । उत्तर कोरियाली किम जङअन सँग जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ऐतिहासिक शिखर बैठकमा किमले परमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको थियो । यसै हप्ता हुने भनिएको दोस्रो शिखर बैठकको मिति तोक्ने विषय हुन सकेको छैन एतिहासिक सिंगापुर शिखर बै...
बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

खेलकुद, समाचार, संसार
लण्डन । क्रिस्टियानो रोनाल्डो बेस्ट फिफा फुटबल अवार्ड २०१७ मा विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले बार्सिलोनाका लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पार्दै उक्त अवार्डमाथि कब्जा जमाएका हुन् । ३२ वर्षीय रोनाल्डोले रियललाई ला लिगा तथा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका थिए । गत सिजन रोनाल्डोको लागि निकै सफल रह्यो । उनले पोर्चुगललाई युरो २०१६ को उपाधि पनि दिलाए थिए । त्यस्तै युभेन्टसबिरुद्ध च्याम्पियन्स लिगको फाइनलमा ४–१ को जित निकाल्ने क्रममा उनले दुई गोल गरे । त्यस्तै २९ खेलमा २५ गोल गर्दै उनले क्लबलाई पाँच वर्षमा पहिलो पटक लिग उपाधि जित्न मद्दत गरे । रोनाल्डोको पक्षमा ४३.१६ प्रतिशत मत आएको थियो भने मेस्सीको पक्षमा मात्र १९.२५ प्रतिशत मत तथा नेयमारको पक्षमा ६.९ प्रतिशत मत आएको थियो । रो...
उत्तर कोरिया र अमेरिकाः तुलनामा यस्तो छ ताकत ?

उत्तर कोरिया र अमेरिकाः तुलनामा यस्तो छ ताकत ?

लिम्चुङबुङ डायरी, समाचार, संसार
उत्तर कोरियामाथि विभिन्न प्रकारका अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइसकिएको छ । यति हुँदा हुँदै पनि उत्तर कोरिया आफ्नो ताकत बढाउन प्रयासरत छ । अहिले उत्तर कोरिया र अमेरिकाबिचको विवाद उत्कर्षमा पुगेको छ । एकातर्फ अमेरिका किम जोंग उनमाथि लगाम लगाउने कोसिस गरिरहेको छ भने दोस्रोतर्फ उत्तर कोरिया प्रतिबन्धलाई मान्ने पक्षमा छैन जसका कारण यसले विभिन्न समयमा हमलाको धम्की दिइरहेको छ । १८ अक्टोबरमा उत्तर कोरियाले परमाणुयुक्त मिसाइल परिक्षण गर्ने बताइएको छ । अब उत्तर कोरिया अमेरिकाका लागि टाउको दुखाई बनिसकेको छ । आउनुहोस् अमेरिका र उत्तर कोरियाको सैन्य ताकत कति छ, यसबारे जानकारी लिऔं । उत्तर कोरियासँग कूल १ करोड ३० लाख सैनिक छन् । उता अमेरिकासँग १४ करोड ५२ लाख सैनिक छन् । मिलिट्री सेटेलाइटमा अमेरिका यति शक्तिशाली छ कि यदि उत्तर कोरियामा एउटा चरा उडेको देखिएपनि अमेरिकी सेटेलाइट त्यसमाथि ड्रोन ह...