गर्मी याममा विषालु किरादेखि कसरी सुरक्षित हुने
गर्मी याममा विभिन्न किराहरुको भय हुने भएकाले विषालु किराबाट बच्नको लागि सुरक्षा अपनाउनु पर्छ भने लामुखट्टे, झिँगा र साङ्ले विषालु किरा भन्दा सामान्य मानिन्छ । तराई तथा भित्रिमधेशमा बढि विषालु किरा सर्प र विच्छी खजुरोको टोकाईबाट मान्छेको मृत्यु हुने गर्दछ ।
यस्ता किराहरुसँग कसरी हामी सुरक्षीत हुन सक्छौँ त केहि उपायहरु यसरी अपनाउन सकिन्छ ।
सर्प
घर वरपरको प्वालहरु नराखने । यदि सर्पले टोकेमा चुसेर विष निकाल्ने कोसिस गर्नु हुँदैन । त्यस्तो गर्दा सर्पको विषले चुस्ने मानिसलाई असर गर्न सक्छ भने बिरामीलाई पनि खासै फाइदा गर्दैन । सर्पले डसेपछि घरायसी उपचार गर्नु भन्दा पनि तुरुनत अस्पताल लैजानु पर्छ ।
कुन सर्प हो भनेर चिन्ने कोसिस गर्नु पर्छ । सम्भव भएसम्म सर्पलाई राम्रोसँग हेर्नु पर्छ, सर्पको जातका बारेमा थाहा हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुन्छ ।
सर्पले डसेको बिरामीलाई हलचल गर्न...








