लिम्चुङबुङ गाउपालिकामा खडेरी, किसान मारमा
नमिका राई/प्रशिक्षार्थी पत्रकार
बाँस्बोटे (बुत्कु), जेठ ३१
गतसाल सुख्खा क्षेत्र घोषणा भएको लिम्चुङबुङ गाउँ पालिकामा खडेरिका कारण मकै सुख्न थालेपछी किसानहरु चिन्तित भएका छन् ।
पुर्वको कर्णाली भनी चिनिने लिम्चुङबुङका सबै वडा बाँस्बोटे, बाहारा, ताम्लिछा, बलम्ता र जाँते खडेरीले सुख्खा लागेको छ । सुख्खा लाग्दा यतिबेला मकै बाली सुख्न लागेको छ । आकाशे पानी पर्ला कि भनेर आशामा रहेका स्थानियहरुले लामो समय पानी नपरेपछी मकै मर्न थालेसंगै चिन्तामा परेको कृषक कृष्ण निरौलाले बताए । स्थानीयका अनुसार ४० बर्षपछि अत्ति सुक्खा अवस्थाको प्रकृतिक बिपत्तिमा परेका हुन् ।
लिम्चुङ्बुङमा बेंशिमा जनसंख्या बढी रहेको छ र खडेरिको मार पनि बेंशी मै बढी परेको छ । लेकका मुख्य बाली मकै आलु हो भने बेंशिको मकै र कोदो हो । यसपटकका सबै बाली खडेरीका कारण प्रभावित हुने कृषक दलबहादुर राईले बताए । अन्नबा...









