हत्यामा तीनजनालाई जन्मकैद
उदयपुर, जेठ १० गते ।
जिल्ला अदालत उदयपुरले एक युवाको हत्या ठहर गर्दै तीन जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह, धनगढीका ३० बर्षीय शुशिलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका स्थानीय २५ बर्षीय सन्चमाया तामाङ, उनका भिनाजु ३१ बर्षीय तिलकबहादुर तामाङ र काका ३७ बर्षीय शंकरबहादुर तामाङलाई यस्तो फैसला सुनाएको हो ।
जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले चौधरी हत्याको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । गत २०७५ असार २५ गते चौधरीको हत्या भएको थियो । मृतक परिवारको जाहेरीअनुसार उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले हत्यामा संलग्नको आशंकामा ८ जना पक्राउ गरी मुद्दा चलाएकोमा अदालतले कसुरदार तीन जनालाई साउन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने बाँकी ५ जनामध्ये १३ बर्षीया धनमाया त...








