Tuesday, July 7News That Matters

समाचार

उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन

उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन

समाचार
उदयपुर, पुस १६ गते । समाजमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि उदयपुरमा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईको संयोजकत्वमा १९ सदस्यीय समिति गठन भएको हो । प्रहरी सहायक निरिक्षक उमा गुरुङ सदस्य सचिव रहेको समितिको सदस्यहरुमा गैससको तर्फबाट सृजना दनुवार, नागरिक समाजको तर्फबाट कौशल चेम्जोङ, माया भण्डारी, सञ्चार क्षेत्रबाट भोटराज राई, मानव अधिकारको क्षेत्रबाट भरत खड्का, बार एशोसिएसनबाट शिवकुमार कार्की, उद्योग वाणिज्यको तर्फबाट गजेन्द्र भगत रहेका छन् । त्यस्तै ओरेकको तर्फबाट सरस्वती दनुवार, महिला अधिकारकर्मीको तर्फबाट रामवती चौधरी, शिक्षा क्षेत्रबाट देवि पराजुली, जंगबहादुर खड्का, न्यायिक महिलाको तर्फबाट विना पाण्डे, त्रियुगा नगरपालिकाबाट सर्मिला देवकोटा, बाल क्लवको तर्फबाट सरोज खत्री रहेका छन् । बाल कल्याण समितिब...
सुविधा सम्पन्न आँखा अस्पताल बन्दै

सुविधा सम्पन्न आँखा अस्पताल बन्दै

समाचार
उदयपुर, पुस १६ गते । अत्याधुनिक सुविधा सम्पन्न नेत्र ज्योति अस्पतालको भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको छ । उदयपुरमा निर्माराधीन सुविधा सम्पन्न नेत्र ज्योती अस्पताल तीन तले भवन एक कारोड ८० लाखमा सम्पन्न हुने भएको हो । करिब कुल लागत एक करोड ८० लाखमा निर्माणराधीन भवनको निर्माण कार्य सम्पन गर्न सकिने नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत राउतले बताए । उक्त रकम मध्ये जग देखि पहिलो तला सम्म तत्कालिन माननिय ससभासद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रामबाट ४० लाखले बनेको र दोस्रो तला नेपाल सरकारबाट प्रदान भएको ५० लाखले निर्माण कार्य भई सकेको र तेस्रो तला र पूर्वधारको लागि पुस १३ गते जापनिज राजदुतावास सँग करिब ९० लाख नेपाली रपैया भवन निर्माणको लागि सहयोग गर्ने सम्झौता भएको राउतले बताए । उक्त सम्झौतामा नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापती भागवत रा...
उदयपुरमा एक दिने गोष्ठी

उदयपुरमा एक दिने गोष्ठी

समाचार
उदयपुर, पुस १५ गते । उदयपुरमा मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने जिल्ला स्तरिय गोष्टी भएको छ । सदरमुकाम गाईघाटमा जिल्ला स्तरिय मानव अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने गोष्टि आईतबार भएको हो । गृह मन्त्रालयको आयोजनामा भएको गोष्टीमा जिल्लाका सरकारी , गैर सरकारी संघ सस्था तथा मानव अधिकारकर्मि, पत्रकारहरुको सहभागिता रहेको थियो । राज्यले मानव अधिकार सम्बन्धि विभिन्न नियम कानुन बनाएपनि कार्यन्वयनमा फितलो भएकाले दिनानु दिन जघन्य अपराधका घटनाहरु घटि रहेका छन् । नीति नियम कार्यन्वयन गर्न सम्बन्धित निकायले मात्रै नहुने भएकाले सिंगो राज्यका सवै पक्ष लाग्नु पर्ने गृह मन्त्रालयका उपसचिव मोहन बहादुर जिसीले बताए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुर र मानव अधिकार एलान्यस उदयपुरले कार्यपत्र प्रस्तुत गरेको थियो । उक्त कार्यपत्रमा त्रिवर्षीय विवरण देखि अहिले सिम्मको अवस्थाल...
रौता र आसपासको सम्भावना चिया र कफिखेती

रौता र आसपासको सम्भावना चिया र कफिखेती

आर्थिक, समाचार
उदयपुर, पुस १५ गते । उदयपुरको पहाडि भूभागमा कफि तथा चियाखेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्यायन तथा केहीवर्ष यता गरिएको नमुनाखेतीबाट चिया तथा कफिको व्यवसायिकखेतीमा राम्रो सम्भावना देखिएको हो । उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । निर्देशक पोखरेलका अनुसार अन्तराष्ट्रिय बजारमा कफिको माग अत्याधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भएपनि बजारको अभाव छैन । समुन्द्रसतहदेखि सातसय मिटरभन्दा उच्च भागमा हुने कफि र चियाखेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भूभाग र त्रियुगा नगरपालिकाको पहाडीवडाहरु उपयुक्त छन् । केहीवर्ष यता स्थानीयको सक्रियतामा चिया तथा कफि खेतीको अध्ययन तथा नमूनाखेतीसमेत गरिएको र...
वार्षीक प्रगति विवरण सार्वजनिक

वार्षीक प्रगति विवरण सार्वजनिक

समाचार
उदयपुर, पुस १३ गते । उदयपुरका भुमिअधिकार मञ्चको वार्षीक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । भुमिअधिकार मञ्च उदयपुरले वार्षीक प्रगति विवरण विहिबार एक कार्यक्रम गरि सार्वजनिक गरेको हो । भूमिहीन तथा सुकुम्बासीको अधिकारको मात्रै आवाज तथा काम नगरि विपन्न समुदायका हितको लागि आर्थीक स्तर उकास्न विभिन्न आर्थीक उन्नतीको कार्यक्रमहरु संचाल गर्दै आएको छ । त्रियुगा नगरपालिका वडा नं ७ का गरिब परिवारलाई सुगुंर पालनका घोर निर्माण, त्रिनपा वडा नं ९ का मुसहर बस्तीमा तरकारी खेतीका लागि नगद सहयोग लगायतका प्रगति विवरण प्रस्तु गरिएको थियो । कार्यक्रम विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा भएको थियो ।...
डिजिटल लिड डिस्प्ले बोर्ड राख्ने जिल्लाकै पहिलो स्थानीय सरकार “लिम्चुङबुङ”

डिजिटल लिड डिस्प्ले बोर्ड राख्ने जिल्लाकै पहिलो स्थानीय सरकार “लिम्चुङबुङ”

समाचार
उदयपुर, पुस ११ गते । गाउँ र जनताको विकास तथा समृद्धिका लागि दिर्घकालिन विकास योजना र दिगो कार्यमा जोड दिदैं आएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जिल्लामै पहिलो एक नयाँ काम गरेको छ । पालिकाले नयाँ कामको रुपमा प्रभावकारी सूचना प्रवाहसमेतका लागि गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल लिड डिस्प्ले बोर्ड राखेको हो । उक्त डिजिटल बोर्डमा “लिम्चुङबुङ गाउँ कार्यपालिका” लेखिएको अक्षर डिस्प्ले हुनुका साथै गाउँपालिका र वडास्तरमा भएका योजनाहरु, बैंठक तथा बैंठकका निर्णयहरु, सार्बजनिक महत्वका सूचना तथा सन्देशहरुको बारेमा सूचना प्रवाह गरिने पालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । जनताको सूसुचित हुने हकको सम्मान, प्रभावकारी सूचना प्रवाहलाई मध्येनजर गर्दै डिजिटल बोर्ड राखिएको उहाँले बताउनुभयो । बोर्डमा “समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार – शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार” लेखिए...

वालविवाह न्युनिकरण अभियान एकद्धार पद्धतीबाट हुने

समाचार
उदयपुर, पुस ११ गते । सबैभन्दा धेरै वालविाह हुने उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक र सरोकारवाला निकायले वालविवाह न्युुनिकरणका लागि एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । उदयपुरको त्रियुगा नगरपालीका ९ राजावासको ओरेक भवनमा बुधबार सम्पन्न वालविवाह न्युनिकरणका लागी बृहत योजना बैठकमा सहभागी सरोकारवालाले एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा, विभिन्न संघसंस्था, स्थानीय निकाय लगायतले वालविवाह न्युनिकरणको कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि वालविवाहको घटना न्युनिकरण हुनको सट्टा झन बढ्दै गईरहेको भन्दै अवको कार्यक्रम एकद्धार प्रणलीबाट सञ्चालन गर्न आवश्यक रहेको सहभागीहरुले औल्याएका छन् । कार्यक्रममा सहभागी सरोकारवाला निकायले वालविवाह न्युनिकरणको लागी नगर र वडा स्तरिय वाल संरक्षण समिती, वालक्लव गठन गरि टोलविकास संस...
प्रदेश स्तरिय लाखे प्रतियोगीतामा पहिलो चैनपुर

प्रदेश स्तरिय लाखे प्रतियोगीतामा पहिलो चैनपुर

मनोरञ्जन, समाचार
उदयपुर, पुस ९ गते । उदयपुरमा भएको प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुर पहिलो भएकोे छ । प्रदेश स्तरिय लाखे प्रतियोगीतामा नेवा देय् दवु चैनपुरले १४ टिम लाखेलाई पछि पार्दै पहिलो भएको हो । गाईघाटमा संचालित पहिलो उदयपुर खाना परिकार मेला २०७५ को ८ औँ दिन भएको प्रदेश स्तरिय नेवार जातिको लाखे नाचको प्रतिस्प्रधा गराईएको थियो । “कला संस्कृति परिकारको संरक्षण, आन्तरिक पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ जिल्ला होटल व्यावसायी संघ, झिगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा मेला संचालन भईरहेको् छ । नेवार जातिको सस्कार, सस्कृति तथा पहिचनको संरक्षण तथा प्रवद्र्धनको लागि मात्रै नभएर सवै जात जातीको आ–आफ्नो सस्कार सस्कृति, भाष, धर्म, भेष भुषा तथा पहिचान आगन्तुक सस्कारले गर्दा ओझेल्मा पर्दै गाईरहेकोले संरक्षण तथा सम्बद्र्धनको लागि लाखे प्रतियोगीताको आयोजना गरिए...
आगलागीमा ३ करोडको क्षति

आगलागीमा ३ करोडको क्षति

समाचार
उदयपुर, पुस ९ गते । उदयपुरको पश्चिमी नगरपालिका कटारीमा आग्लागी हुदाँ तीन कारोड बराबरको क्षती भएको छ । कटारी नगरपालिका वडा नं ८ स्थित गल्टारमा चुनढुङ्गा खानीको ट्र्याङ्कर र स्काईभेटरमा आग्लागी हुदा करिब तीन करोडको क्षती भएको हो । सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा राखिएको ट्याङ्कर र दुई वटा स्काईभेटर जलेर नष्ट भएको थियो । राती ११ बजे एक्कासी आग्लागि हुदाँ डिजेल सहितको ट्र्याङ्कर र २ वटा स्काभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । आगो स्थानियबासी, प्रहरी र कनपाका दमकलको प्रयासमा आगो नियन्त्रण लिएपनि उक्त ट्र्याङ्कर र स्काभेटर काम नलाग्ने भएर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आग्लागी क्षतीको प्रारम्भीक अनुमान तीन करोडक गरी घटनाको अनुसन्धान कार्य सुरु गरिसकेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ...
२९ सालमा नापी भएको जग्गा लालपूर्जा नबन्दा पिडितको पिडित

२९ सालमा नापी भएको जग्गा लालपूर्जा नबन्दा पिडितको पिडित

समाचार
उदयपुर, पुस ८ गते । २९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु अझै सुकुम्बासीको रुपमा बासोबास गर्दै आएका छन् । उदयपुरको गाईघाट स्थित जनजोति टोलका बासिन्दाहरुको जग्गा २९ सालमै नापी भएपनि लाल पुर्जा नदिएपछि अझै सुकुम्बासीकै रुपमा बस्न बाध्य भएका हुन् । २०२९ सालमा कित्ता नम्बर ५२ को जग्गाका स्थलगत सर्वे÷नापी गरी दिल बहादुर बोटको नाममा एक विघा ४ कठ्ठा ११ धुर जग्गाको फिल्डबुक उत्तार दिए पनि अझै जग्गाको धनि पूर्जा पाएको छैन । व्यक्तिको नाममा फिल्डबुक उत्तार दिए पनि लाल पुर्जा नदिएपछि सुकुम्बासी भएर नै बाच्न बाध्य भएको दिल बहादुर बोटको श्रीमति टुनि कुमारी बोटले बताए । बोटका अनुसार उनिहरु जस्तो धेरैलाई दिएपनि कसैले जग्गाको धनिपुर्जा नपाएको बताए । खोला सँग जुध्दै जमिन बचाएर आएको भएपनि अझै सुकुम्बासी नै रहेको छौँ । नापी भयो तर धनी पुर्जा दिएन बोटले बताए । अहिले उक्त टोलमा ३३ घरले ब...