Sunday, July 5News That Matters

समाचार

उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने

उदयपुरमा छठ पूजाको तयारी पुरा, भब्य सांस्कृतिक तथा प्रवचण कार्यक्रम पनि हुने

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते गाईघाट-मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई उत्कृष्ठ ढंगले सम्पन्न गर्ने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी पुरा गरेको छ । गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्पmको घाटमा समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाएको छ । त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी व्यवस्थित पूजास्थान र बसाई व्यवस्थापन मिलाइएको छ । साथै समितिको अफिसियल कोठा, ब्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम मञ्च, चर्पी आदिको छुट्टाछुट्टै व्यवस्था गर्नुका साथै स्वयमसेवक...
पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ छठपूजा तयारी

पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ छठपूजा तयारी

समाचार
पूर्णपुष्टि, कात्तिक ८ गते । गाईघाट–मधेसी समुदायले विशेषरुपले मनाउने छठपर्वलाई पूर्वाञ्चलकै उत्कृष्ठ बनाउने उद्देश्यका साथ त्रियुगा छठपूजा समिति, गाईघाटले तयारी गरिरहेको छ । केही वर्षयता यो पर्वलाई पहाडी समुदायका सबै जातजातीले पनि विशेषरुपले मनाउन थालेका छन् । यसले धार्मीक अस्तित्वलाई उजागर गर्नुका साथै जातीय सद्भावलाई बढाएको बुद्धिजिविहरु बताउछन् । गाईघाट बजार नजिकैको त्रियुगा पुलको पश्चिमतर्फ समितिले छठपूजाका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ । उक्त स्थानमा व्यवस्थितरुपले पूजाआजा तथा ब्रत बस्नका लागि पालकटेज निर्माण गरिएका छन् । हरेकबर्ष उक्त स्थानमा नै छठपूजाको लागि व्यवस्था मिलाइने गरिएको छ । त्रियुगा छठपूजा समितिका अध्यक्ष खेमनारायण यादव “राहुल” का अनुसार छठपूजाको अन्तिम रात (९ गतेराती) ब्रतालुहरु रातभर जाग्राम बस्नुपर्ने भएकोले उनीहरुलाई सित र सिरेटोले असर नपुग्ने गरी...
पिकनिकमा झडप, १ घाइते, ३ प्रहरी नियन्त्रणमा

पिकनिकमा झडप, १ घाइते, ३ प्रहरी नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, कात्तिक ८ गते । गाईघाट–रातभर देउसीभैली खेलेर बटुलेको पैसाले पिकनिक खाने पुरानो चलनलाई निरन्तरता दिने हुँदा बुधबार गाईघाट स्थित पिकनिक स्पोर्टमा झडप भएको छ । जिल्ला प्रहरीका अनुसार पिकनिक खान गएका दुई समुहबीच झडप हुँदा एक युवा घाइते भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका २२ बर्षिय यमन राई घाइते भएको हो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेकोे छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण झगडा भएको बुझिएको छ । त्रिनपा ११ ढिम्की स्थित पिकनिक स्पोर्टमा बुधबारमात्रै आधा दर्जन बढी समुह पिकनिकका लागि जम्मा भएका थिए । विगतका बर्षदेखि नै तिहारपछि एकसाता भन्दा बढि निरन्तर दैनिक दर्जनबढि पिकनिक खाने समुह जम्मा हुने स्थानीयहरु बताउछन् । पिकनिकलाई सभ्यढंगले मनाउने भ...
बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

खेलकुद, समाचार, संसार
लण्डन । क्रिस्टियानो रोनाल्डो बेस्ट फिफा फुटबल अवार्ड २०१७ मा विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले बार्सिलोनाका लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पार्दै उक्त अवार्डमाथि कब्जा जमाएका हुन् । ३२ वर्षीय रोनाल्डोले रियललाई ला लिगा तथा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका थिए । गत सिजन रोनाल्डोको लागि निकै सफल रह्यो । उनले पोर्चुगललाई युरो २०१६ को उपाधि पनि दिलाए थिए । त्यस्तै युभेन्टसबिरुद्ध च्याम्पियन्स लिगको फाइनलमा ४–१ को जित निकाल्ने क्रममा उनले दुई गोल गरे । त्यस्तै २९ खेलमा २५ गोल गर्दै उनले क्लबलाई पाँच वर्षमा पहिलो पटक लिग उपाधि जित्न मद्दत गरे । रोनाल्डोको पक्षमा ४३.१६ प्रतिशत मत आएको थियो भने मेस्सीको पक्षमा मात्र १९.२५ प्रतिशत मत तथा नेयमारको पक्षमा ६.९ प्रतिशत मत आएको थियो । रो...
डिस्कोमा युवती विवादले गोली सम्म चल्यो राजधानीमा, यसरी भयो घट्ना

डिस्कोमा युवती विवादले गोली सम्म चल्यो राजधानीमा, यसरी भयो घट्ना

समाचार
काठमाडौं । आज बिहान साढे ४ बजेको समयमा काठमाडौंमा फेरि गोली चलेको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ गोली लागेर घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे ४ बजेको समयमा उक्त घटना भएको हो । महानगरीय प्रहरी परिषर, काठमाडौंका प्रमुख रबिन्द्र धानुकका अनुसार प्रहरीले घटनामा संलग्न मूख्य अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको छ । स्कुटरमा गइरहेको बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जनाईएको छ । ठमेलको एक डिस्कोमा ती युवक कल्याण गुरुङले एकजना केटीलाई जिस्काएका थिए । गुरुङ स्कुटर लिएर ठमेलबाट निस्किए, केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गरे, म्हैपी पुगेपछि स्कुटरलाई उक्त समुहले रोक्यो, स्कुटर रोकेर गुरुङलाई गोली प्रहार गरे । पक्राउ पर्नेहरुको नाम प...
३० जुवाडे पक्राउ, साढे ३ लाख नगद बरामद

३० जुवाडे पक्राउ, साढे ३ लाख नगद बरामद

समाचार
पूर्णपुष्टि, कात्तिक २ गते । गाईघाट -उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ गरी कारवाही चलाइरहेको जिल्ला प्रहरीले जुवाजन्य गतिविधिमा पनि विशेष निगरानी बढाउने क्रममा ठूलो संख्यामा जुवाडे र ठूलै मात्रामा नगद तथा तास, कौडा बरामद गरेको छ । प्रहरीले बुधबार ३० जना जुवा खेलिरहेका व्यक्तिहरु र ३ लाख ५८ हजार ९८० रुपैया नगद बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टकै कमाण्डमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बाट २० जना जुवा खेलिरहेको व्यक्तीहरु पक्राउ गर्नुका साथै २ लाख ७२ हजार ९८० रुपैया नगद बरामद गरेको छ । पक्राउ पर्नेहरुमा त्रिनपा ८ का हरि बस्नेत, वडा नं. ११ का उदयकुमार कार्की, सुमन्त कोइराला, विएन राई, रमेश बुढाथोकी, दिपन राई, टामेन्द्र राई, डम्बर राई, भविन्द्र खत्री, राजु तुलाधर, चुडामणी राई, नविन बस्नेत, वडा नं. १० का जिवन पाण्डे, रामकुमार श्रेष्ठ, राम ...
तिहारको अन्तिम हटियामा किनमेल गर्नेको ठूलो भिड

तिहारको अन्तिम हटियामा किनमेल गर्नेको ठूलो भिड

समाचार
पूर्णपुष्टि, कात्तिक १ गते । गाईघाट-तिहारअघिको अन्तिम हटियाका कारण उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार किनमेल गर्नेहरुको ठूलो भिडभाड लाग्यो । तिहारका लागि आवश्यक सामानहरु खरिदका लागि गाउँगाउँका मासिनहरु आएकाले हटियामा भिडभाड लागेको हो । हटियामा माइतिपुज्ने विभिन्न रंगका अबीर, कोशेलीका लागि नरिवल, सुपारी, मिठाई, मिश्री, बदाम, काजु, किसमिस आदिको विक्री बढेको ब्यापारीहरुले बताए । त्यस्तै ढाकाटोपी, रुमाल र कपडाहरु पनि ठूलो मात्रामा विक्री भए । फलफुलहरुमा केरा, स्याउ, अम्बाको विक्री भएको छ । तिहारमा सायपत्री फुलको अभावदेखिएकाले प्लाष्टिक र कागजका माला पनि उत्तिकै मात्रामा विक्री भएका छन् भने घर सजाउन संगीविरंगी बत्तिहरुको विक्री पनि उच्चरुपमा रहेको छ । भोलीको लक्ष्मी पुजाका लागि लक्ष्मीको पोष्टरको विक्री पनि धेरै भएको व्यापारीहरुले बताए ।...
भावि दिनका लागि मार्ग प्रसस्त खुलाउदै विते जनप्रतिनिधिका सय दिन

भावि दिनका लागि मार्ग प्रसस्त खुलाउदै विते जनप्रतिनिधिका सय दिन

समाचार
पूर्णपुष्टि, कात्तिक १ गते । गाईघाट–उदयपुरको त्रियुगा नगरपालिकामा जनप्रतिनिधि आगमनको सय दिन, सामान्य उपलब्धीका साथ वितेको छ । सय दिन पुगेको अवसरमा पत्रकारसम्मेलनको आयोजना गरी मेयर बलदेव चौधरीले सयदिनभित्रमा गरिएका काम तथा उपलब्धीहरु, भावी योजनाहरु र समस्या तथा चुनौतीहरु प्रस्तुत गर्नुभयो । उपमेयर देवी चौधरी, १६ वटै वडाका अध्यक्षहरु र कार्यपालीका सदस्यहरुका साथ आयोजित पत्रकारसम्मेलनमा मेयर चौधरीले सयदिनको अवधिमा नागरिकहरुले आशा अपेक्षा गरे अनुरुपको उल्लेख्य प्रगति गर्न नसकेपनि आगामी दिनका लागि मार्ग प्रसस्त खुल्ने किसिमका कामहरु भएको बताउनुभयो । विकास निर्माण कार्यका लागि आवश्यक पर्ने पूर्वाधार आन्तरिक व्यावस्थापन, नगरपालिका सन्चालन कानून निर्माण, प्रथम नगर सभा सम्पन्न जस्ता केही महत्वपूर्ण कामहरु भएको उनले बताउनुभयो । हालसम्म ६ वटा नगर कार्यपालिकाको बैंठक र सामाजिक विषयमा ९ वटा ...
खोटाङका कांग्रेस महासमिति सदस्य विमला राईसहित दर्जनौं नेता एमालेमा प्रवेश

खोटाङका कांग्रेस महासमिति सदस्य विमला राईसहित दर्जनौं नेता एमालेमा प्रवेश

समाचार
काठमाडौं - नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य विमला राई एमालेमा प्रवेश गरेका छन् । राईसहित अन्य थुप्रै नेता,कार्यकर्तालाई एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन ।खोटाङ दिक्तेल निवासी राई विगत लामो समय देखि नेपाली कांग्रेसको गाँउ स्तर देखि केन्द्र स्तर सम्म कार्य गर्दै आईरहेकी थिाई । राईको सबै परिवार पहिलेदेखिनै कांग्रेसमै आवद्ध हुँदै आएका थिए । त्यस्तै अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य निमा लामा पनि नेकपा एमाले प्रवेश गरेका छन्। दोलखा एमाले जिल्ला कमिटीका डिसिएम दिपक राउत र युवा संघका उपाध्यक्ष रमेश पौडेलको विशेष पहलमा ठुलोको संख्यामा अन्य दल परित्याग गरी एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेको खुशियालीमा युवा संघका केन्द्रिय विभागिय सदस्य प्रकाश कार्की र राम कुमार राउतको संयोजनमा तीनकुने...
बृटिश सेना अन्तर्गतको गोर्खाली पल्टन दोस्रो बटालियन (२आर जी आर)द्वारा ब्रुनाईको सुल्तान पार्क सरसफाई

बृटिश सेना अन्तर्गतको गोर्खाली पल्टन दोस्रो बटालियन (२आर जी आर)द्वारा ब्रुनाईको सुल्तान पार्क सरसफाई

समाचार
काठमाडौं -ब्रुनाई स्थित प्रसिद्ध एक पार्कमा सामूहिक सरसफाई अभियान गरिएको छ । वेलायत सैनिक अन्तर्गत गोर्खा सैनिकको दोस्रो बटालियनका  (२ आर जी आर) सदस्य गोर्खा सैनिक र स्थानीयले मिलेर अक्टोबर १४ (शनिबार) ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकिय स्थल सुल्तान पार्क सरसफाई अभियान कार्यक्रम गरेको हो । ब्रुनाईको कुअला बेलाईत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालीएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”को सामूहिक सरसफाई अभियानको आयोजना गरी अत्यधिक जन-सहभागितामा सर-सफाई कार्यक्रम सम्पन्न भएको त्यहाँको प्रसिद्द राष्ट्रीय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ । समाजसेवी नगेन राई (नग्स)को अगुवाईमा ब्रिटिस आर्मीको गोर्खा सैनिकहरु र ब्रुनाईबासीबीचको पारस्पारिक सामाजिक सम्बन्ध थप सुधार गर्ने र समुदयामा सकारात्मक सन्देश जाओस...