बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव
पूर्णपुष्टि, उदयपुर भदौ ११ गते ।
उपचारका लागि विराटनगरस्थित नोेवेल हस्पिटल लगिएको खोटाङको एक विरामी बालकको अवस्था झनै नाजुक बनेको परिवारले जनाएको छ ।
खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ बर्षिय बालक सुमन परियारको अवस्था झनै जटिल बनेको उनकी दिदी सुमिता परियारले बताईन् । शरीरको विभिन्न ठाउँमा घाउँ निस्केर कुहिदै मासु झर्ने समस्याका उनको खर्चको अभावले अस्पतालसम्म लैजान नै ढिलाई भएको थियो । बालकको ढाँडको तल्लोभाग र पिडौलामा मासु कुहेर झरेपछि गहिरो र फराकिलो खाल्डो बनेको छ ।
गाउँघरबाट चन्दा संकलन गरेर अस्पतालमा लगिए पनि विरामीको अवस्था सुधार हुनुको सट्टा झनै बढ्दै गएको सुमिताले बताइन् । सुरुमा निको हुन्छ भनेर उपचार थालेको अस्पतालले यतिबेला यहाँ ठिक हुँदैन बाहिर लैजान भनेको छ । चन्दा रकम र घरको जायजेथा गरी ५५ हजारले अस्पतालसम्म लगिएको विरामीको थप उपचार खर्च नजुटेपछि परिवारले अस्पतालको शुल्...
