Wednesday, June 17News That Matters

Vedio : काेराेना खबर अपडेट- उदयपुर | १० जेठ, २०७८

१.

उदयपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमणको रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय उदयपुरको अनुसार पछिल्लो २४ घण्टामा ९७ जना संक्रमित थपिएका छन् । यो संख्या सयमा ३ जना कमी हो । यसअघि ठूलो संख्या हेर्दा दुईदिन अघि ६८ जना देखिएको थियो । त्यसबाहेक सबैदिन ५० भन्दा कम थिए । संक्रमितले दैनिक सय अंक छुन लाग्दा कोरोना संक्रमण गाउँटोलसम्म सल्किसकेको प्रष्ट भएको छ ।

पछिल्लो समय परिक्षणको दायरा बढाइएको छ । हरेक परिक्षणमा संक्रमित ठूलोसंख्यामा पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार परिक्षणमा धेरैजसोमा ५० प्रतिशत बढि नै संक्रमित देखिने गरेका छन् ।

यो ९७ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमणको संख्याले ६ सय नाघेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४ पुगेको छ । संक्रमितहरु मध्ये ५५२ जना होमआइसोलेशनमा र ५२ जना साधारण उपचारमा रहेको जनाइएको छ ।

संक्रमित बढेसंगै मृत्यु हुनेको संख्या पनि थपिरहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ थपिएको छ । ३ जना त्रियुगाको र १ जना चौदण्डीगढी नगरपालिकाको रहेको जनाइएको छ । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । जसमा ८ महिला र १९ जना पुरुष हुन् ।

स्वास्थ्य कार्यालयको अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ३३ जना निको भएको रेकर्ड छ । चौदण्डीमा १५, बेलकामा १५, रौतामाईमा १ र त्रियुगामा २ जना निको भएका हुन् । उनीहरु सबैको परिक्षण गर्दा कोरोना नेगेटिभ देखाएको हो । योसंगै जिल्लामा निको हुनेको संख्या १४६ पुगेको छ । जसमा ५८ जना महिला र ८८ जना पुरुष हुन् ।

जिल्लाको ८ पालिका मध्ये त्रियुगामा संक्रमित र मृत्युदर उच्च छ । हाल त्रियुगामा सक्रिय संक्रमित ३०५ रहेका छन् । त्रियुगाको हालसम्मको मृत्युसंख्या १७ रहेको छ । निको हुनेको संख्या ५७ हो ।

त्रियुगामा सक्रिय संक्रमित ३०५, मृत्यु १७ र निको ५७ जना गर्दा संक्रमितको कुलसंख्या ३७९ पुगेको छ । योसंख्या सिंगो जिल्लाको संख्या ७७७ जनाको झण्डै पचास प्रतिशत हो ।

संक्रमित र मृतकको संख्यात्मक हिसावले त्रियुगालाई चौदण्डीगढी नगरपालिकाले पछ्याएको छ । चौदण्डीगढीमा सक्रिय संक्रमित ८० जना छन् । मृत्यु हुनेको संख्या ४ छ । निको हुनेको संख्या ३९ रहेको छ । चौदण्डीगढीको सक्रिय संक्रमित ८०, मृत्यु ४ र निको ३९ जना गरी कुल १२३ जनालाई संक्रमण भएको देखिन्छ ।

८ पालिका मध्ये चार नगरपालिकामा सबैभन्दा कम संक्रमित कटारी नगरपालिकामा देखिन्छ । सक्रिय संक्रमित हाल ७५ रहेको कटारीमा मत्यु संख्या भने तेस्रो स्थानमा छ । कटारीमा मृत्यु हुनेको संख्या ३ हो । निको हुनेको संख्या ८ रहेको छ । कटारीमा सक्रिय संक्रमित ७५, मृत्यु ३ र निको ८ गरी कुल संक्रमित ८६ जना देखिन्छ ।

अर्को एक नगरपालिका बेलका नगरपालिकामा हाल सक्रिय संक्रमित ५९ जना रहेका छन् । त्यहाँ मृत्यु संख्या १ हो । निको हुनेको संख्या ३३ रहेको छ । बेलकामा सक्रिय संक्रमित ५९, मृत्यु १ र निको ३३ गरी कुल संक्रमित ९३ जना देखिन्छ ।

चार गाउँपालिका मध्ये सबैभन्दा बढि संक्रमण लिम्चुङबुङ गाउँपालिकामा देखिएको छ । भुगोल र जनसंख्याको हिसावले सबैभन्दा सानो भएपनि हाल संक्रमणको हिसावले सबैभन्दा बढि देखिएको छ ।

स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार लिम्चुङबुङमा सक्रिय संक्रमित ३७ जना र निको हुनेको संख्या १ रहेको छ । त्यहाँ संक्रमितको मृत्यु भएको छैन । सक्रिय संक्रमित ३७ र निको १ जना गरी कुल संक्रमित ३८ जना देखिएको छ ।

दोस्रो संख्यामा दुई गाउँपालिका हरेका छन् । रौतामाई र उदयपुरगढीमा कुल संक्रमित बराबरी संख्या २८ रहेको छ । तर सक्रिय संक्रमित र मृत्युको संख्या भने उदयपुरगडीमा बढी छ । त्यहाँ सक्रिय संक्रमित २५, मृत्यु २ र निको भएको संख्या १ रहेको छ । गाउँपालिकाहरु मध्ये संक्रमित मृत्यु भएको पालिका उदयपुरढी मात्र हो । अन्य तीन गाउँपालिकामा संक्रमितको मृत्यु छैन । रौतामाई गाउँपालिकामा सक्रिय संक्रमित २२ र निको हुनेको संख्या ६ रहेको छ ।

ताप्लीमा १ जना संक्रमित र त्यो १ जना पनि निको भैसकेको रिपोर्ट स्वास्थ्य कार्यालयमा उल्लेख छ । उक्त रिपोर्टअनुसारको मानिस ताप्लीमा नभेटिएको भन्दै पालिकाले मानेको अवस्था छैन । ताप्लीले पालिका अझै कोरोना मुक्त रहेको दावी गर्दै आएको छ । ताप्ली परिक्षणको हिसावले सबैभन्दा कम गरिएको पालिकामा पर्छ । हालसम्म दुईजना मात्र परिक्षण गरेको छ । दुबैजना नेगेटिभ रिपोर्ट आएको पालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरले कोरोना विरुद्ध चिनिया खोप भेरोसिलको पहिलो खोप लगाएकालाई दोस्रो खोपका लागि सम्पर्कमा आउन सुचित गरेको छ । जिल्ला बाहिर पहिलो खोप लगाई निशेधाज्ञको बेला आएका जिल्लाबासीलाई खोपबाट बन्चित नहुन सुचित गरेको हो । खोपका लािग आफु रहेको पालिकाको स्वास्थ्य शाखामा छिटै सम्पर्क गरी नाम दर्ता गराउन सकिने जनाएको छ ।

जिल्लाभरबाट नाम दर्ता संकलन भएपछि केन्द्रले स्वास्थ्य कार्यालयमा खोप पठाउने र जिल्लामै दोस्रो खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।

आज दिउसोदेखि गाईघाट बजार क्षेत्रमा विद्युत कटिदा सर्बसधारणलााई समस्या परेको छ । गर्मिको समयमा कटिएको विद्युत रातपर्दासम्म पनि विद्युत कार्यालयले मर्मत गर्न सकेको छै छैन ।

विद्युत कार्यालयले विद्युत लाईनमा नै समस्या आएकोले विद्युत कटिएको जनाएको छ । गाईघाट नजिकै त्रियुगा पुल पारीसम्म विद्युत लाइन सञ्चालनमा रहेपनि त्यसयता विग्रेको जनाइएको छ ।

के कारण विग्रेको हो र के समस्या हो भन्ने बारेमा थाहा पाउन नसकिएको विद्युत कार्यालय गाईघाटका प्रमुख रोसन सिंहको भनाई छ । विग्रिन साथ मर्मतमा खटिएको इन्जिनियरसहितको टोलीले विग्रिएको स्थानसम्म पत्ता लगाएको तर के भएको हो भनेर पत्ता लगाउन नसक्दा मर्मत हुन नसकिरहेको उहाँको भनाई छ । कार्यालयका दुई इन्जिनियरसहित मर्मत टोल निरन्तर खटिरहेको उहाँको भनाई छ ।

कोरोना महामारीबाट बच्न प्रशासनको निशेधाज्ञको पालना गर्दै घरघरमा बसिरहेका गाईघाटबासीलाई विद्युत नहुदा सास्ती परेको छ ।

लिम्चुङबुङ गाउँपालिकाको पछिल्लो रिपोर्ट अनुसार पालिकाको सबै वडामा कोरोना संक्रमण देखिएको छ । पाँच वटा वडाहरु मध्ये वडा नं. ३ बराहामा पछिल्लो अवस्थासम्म संक्रमण देखिएको थिएन । हिजोको परिक्षणबाट भने त्यस वडामा पनि देखिएपछि पालिकको सबै वडामा संक्रमण फैलिएको पुष्टि भएको छ ।

पछिल्लो पटक पालिकाको वडां. १ बाँसबोटेमा ६ जनामा परिक्षण गर्दा ४ जना पोजेटिभ र वडा नं. ३ बराहामा १२ जनामा परिक्षण गर्दा ५ जना गरी ९ जनामा पोजेटिभ देखिएको पालिकाले जनाएको छ । योसंगै पालिकाको तथ्यांकमा लिम्चुङबुङमा संक्रमितको कुलसंख्या ४६ पुगेको छ । हिजो नै निको हुनेको संख्या ९ रहेको छ । योसंगै पालिकामा निको हुनेको कुलसंख्या १० पुगेको छ । पालिकामा सक्रिय संक्रमितको संख्या ३५ रहेको पालिकाका निमित्त स्वास्थ्य प्रमुख कर्णशेर राईले बताउनुभयो । पालिकाको पछिल्लो संक्रमित र निको भएको संख्या जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्टमा समेटिन बाँकी छ ।

त्रियुगा माध्यामिक विद्यालय, गाईघाटको २०५४ साले एसएससी ब्याजीले कोरोना महामारीमा अग्रपंतीमा खटिरहेको सञ्चारजगतलाई स्वास्थ्य सामग्री आज वितरण गरेको छ ।

०५४ ब्याजीले कामको सिलसिलामा पत्रकार तथा सन्चारकर्मीहरुलाई प्रयोग हुने सेनिटाइजर र मास्क वितरण गरेको हो । नेपाल पत्रकार महासंघ शाखा उदयपुर, रेडियो उदयपुर, उपहार एफएम र पूर्णपुष्टि मिडिया हाउसलाई कार्यालयमै पुगेर ब्याजी टोलीले स्वास्थ्य सामग्री प्रदान गरेको ब्याजी समुहका सदस्य कुमार मोतेले जानकारी दिनुभयो ।

ब्याजीका सदस्यहरुले आर्थिक संकलन गरी कोरोना महामारीमा समाजलाई सहि र सत्य सूचना पुर्याउन मिडिया क्षेत्रलाई सहयोग गरेका हुन् । उक्त ब्याजीले अघिल्लो पहिलो लहरको कोरोना कहरमा पनि सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

कोरोना महमारी विरुद्ध लडिरहेको त्रियुगा नगरपालिकालाई छिमेकी लघुवित्त संस्था शाखा गाईघाटले कोरोना कोषका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले २० हजार रुपैया सहयोग गरेको हो । संस्थाले आज पालिकाका मेयर बलदेव चौधरीलाई चेक हस्तान्तरण गर्यो ।

त्रियुगा नगरपालिका वडा नंं. १४ मा पाँचबेडको आइसोलेशन निर्माण कार्य थालिएको छ । नगरपालिकाले हरेक वडामा पाँचबेटको आइसोलसन निर्माणको निर्णय गरे अनुरुप काम थालिएको वडासचिव रितकुमार राउतले जानकारी दिनुभयो ।

त्रियुगा नगरपालिका २ नम्बर वडाले आज टोलविकास संस्थाहरु मार्फत वडाबासीका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । वडाको १६ वटा टोल विकास संस्थालाई मास्क र सेनिटाइटर वितरणका लागि उपलब्ध गराएको हो । विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट संकलित १० हजार रुपैयाबाट खरिद गरिएको मास्क र सेनिटाइजर वितरणका लागि टोल विकास संस्थालाई उपलब्ध गराएको वडाले जनाएको छ ।

१०

नेपालमा निको हुनेको भन्दा संक्रमितको संख्या बढि देखिएको छ । पछिल्लो २४ घण्टाको रिपोर्टलाई विश्लेशन गर्दा निको हुने भन्दा संक्रमित थपिनेको संख्या २९० बढि छ । संक्रमितको थपिएको संख्या ७ हजार ४२५ रहेको छ भने निको हुनेको संख्या ७ हजार १३५ रहेको छ । मृत्यु हुनेको संख्या भने घटेको छ । हिजोभन्दा ८ अंकले आज कमी छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार, ४४७ रहेको छ । यो संख्या केहीदिनदेखि स्थिर जस्तै देखिएको छ । तीनदिनदेखिको कुल संक्रिय संक्रमितको संख्यालाई विश्लेशन गर्दा भने क्रमश सय अंकले घट्दो भने रहेको छ ।

संक्रमितको संख्या ७ हजार ४२५ थपिएसंगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार, ४४७ पुगेको हो । निको हुने ७ हजार १३५ थपिएसंगै कुल निको हुनेकुो संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १८५ थपिएसंगै कुल मृतकको संख्या ६ हजार ५३१ पुगेको छ ।

सक्रिय संक्रमित १ लाख १५ हजार ४४७, निको संख्या ३ लाख ९८ हजार ४८३ र मृत्यु कुलसंख्या ६ हजार ५३१ गरी नेपालमा कुल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

११

नेपालमा संक्रमित बढ्दो देखिए पनि विश्वमा भने निको हुनेको संख्या बढ्दो छ । विश्वमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढि देखिएको छ । थपिने संक्रमितको संख्या ४ लाख ६५ हजार १९९ रहदा निको हुनेको संख्या ५ लाख ६२ हजार ७४५ रहेको छ । संक्रमित भन्दा ९७ हजार ५४६ जना बढी निको हुनेको संख्या रहेको छ ।

विश्वमा कोरोना सक्रिय संक्रमितको संख्या १ करोड ५४ लाख ८१ हजार ४७५ रहेको छ । कुल निको हुनेको संख्या १४ करोड ८५ लाख, ७४ हजार ४२४ रहेको छ । विश्वमा कुल संक्रमण संख्या १६ करोड, ७५ लाख ३४ हजार ५०१ पुगेको छ ।