Thursday, June 18News That Matters

उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण, संक्रमितको संख्या ७७७ पुग्यो, थप ४ जनाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ १०

उदयपुरमा अहिले सम्मकै उच्च संक्रमण पुष्टि भएको छ । (आज सोमबार) थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ७७ जना पुगेको हो । आज थपिएका मध्ये ५५ महिला र ४२ पुरुष रहेका छन् ।

आज कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ, जसमध्ये २ महिला र २ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै जिल्लामा मृतकको संख्या २७ पुगेको छ । मृतकको उमेर र वडा स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख गरिएको छैन् ।

आज त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका साथै रौतामाई र उदयपुरगढी गाउँपालिकामा संक्रमित थपिएका छन् । त्रियुगामा ३९ कटारीमा ३२, चौदण्डीगढीमा १९ र बेलका नगरपालिमा ४ साथै रौतामाईमा २ र उदयपुरगढी गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् ।

आज कोरोना जितेर ३३ जना घर फर्किएका छन् । यो सँगै जिल्लामा निको हुनेको संख्या ८८ पुरुष र ५८ महिलासहित १४६ पुगेको छ । जिल्लामा अहिलेसम्म संक्रिय संक्रमित संख्या ३ सय १९ पुरुष र २ सय ८५ महिला गरी ६ सय ४ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।