
पूर्णपुष्टि, बैशाख ४ गते ।
¥यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)मा कोरोना पोजेटिभ देखिएका पूर्वी चितवनका एक व्यक्तिको पीसिआर परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको हो ।
गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणमा पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । तर रिर्पोट नेगेटिभ आएको छ ।
