
पूर्णपुष्टि, असार १९
अझै तीन दिनसम्म मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले ५ नम्बर प्रदेश, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो वाग्मती प्रदेश, १ नम्बर प्रदेश र २ नम्बर प्रदेशमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने गर्ने जनाईएको छ । राति पनि देशका सबै ठाउँमा सामान्य बदली रहने जनाईएको छ ।
