Sunday, June 28News That Matters

अति गरिवीको चपेटामा थप ६ करोड मानिस

पूर्णपुष्टि, जेठ ७ गते ।

कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटामा पर्ने विश्व बैंकले बताएका छन् । महामारीले गर्दा अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटामा पर्ने विश्व बैंकका अध्यक्ष डेविड मालपासले बताउनुभएको हो ।

महामारीले उत्पन्न हुने आर्थिक संकट कम गर्न १ सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको छ । यस सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ ।

यी १ सय देशमा विश्वको ७० प्रतिशत आवादी रहेको र धेरैजसो अफ्रिकी देश रहेको विश्व बैंकले जनाएको छ ।

सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग पु¥याउने बैंकले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक थाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनले धेरैजसो व्यवसायहरु बन्द भएका छन् । व्यवसाय बन्द भएपछि उत्पादन घट्नु र मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने जनाइएको छ ।

अहिले विश्वका २ सय १३ देशमा कोरोन भाईरसको संक्रमण फैलिसकेको छ ।