
झापा, कार्तिक १९
झापाको मेचीनगर नगरपालिका–१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधानलाई पटकासति पक्राउ परेका हुन् ।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटका, अटोसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
