Monday, April 20News That Matters

अनमोल र एनिका मिस्टर एण्ड मिस लिटल आईकनको बिजेता

गाइघाट/भदौ, ८
शनिवार गाईघाटमा भएको दोस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल आईकन उदयपुरको विजेता अनमोल थापा र एनिका खड्का भएकी छिन् । शनिवार शुभलक्ष्मीहलमा भएको ग्राण्ड फिनालीमा छात्र तर्फ अनमोल थापा र छात्रा तर्फ एनिका खड्का बिजेता भएकी हुन् । त्यसैगरी छात्र तर्फ फस्र्ट रनर अप पोषण कार्की भएका छन् भने सेकेन्ड रनर अप छितिज आले मगर बनेका छन् । यता छात्रा तर्फ फस्र्ट रनर अप कोहिनुर कार्की बनिन् भने, सेकेण्ड रनर अप राखि ठाकुर बनिन् ।

दुवै तर्फका सबै बिजेताहरुले ट्रफि, स्याछ, बुकि, प्रमाण पत्र प्राप्त गर्नुका साथै ड्रिमल्याड कलेज बिराटनगरमा क्रमस विजेता, फस्र्ट, सेकेन्ड लाई १००/७५, र ३५ प्रतिश छुटमा स्कलरसिप प्रदान गरिएको छ ।
त्यसैगरी प्रतिस्पर्धामा टप फिफ्टीन शिर्ष १५ सम्म पुग्नेहरुलाई ताल डान्स हाउसले ३ महिना सम्म नृत्य प्रशिक्षण गराउने आयोजकले बताएको छ ।

“सानै छु बढ्न देउ बालविबाह होइना पढ्न देउ” भन्ने नाराका साथ १० देखि १६ बर्ष मुनिका बालबालिकाहरुलाई सौदर्य, उद्घोषण, डान्स ट्यालेन्ट सो लगाएतका क्षेत्रहरुमा क्षमता विकासमा प्रवद्र्धन गर्ने भन्दै कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक मिथुन ठाकुरले बताए ।

विङस इन्टरटेन्मेनको आयोजनामा भएको सो कार्यक्रममा ३० जना छात्रा र ७ जना छात्रहरुले सहभागी जनाएका थिए । कार्यक्रमको मुख्य प्रायोजक यामाहा सोरुमले गरेको थियो ।