
पूर्णपुष्टि, साउन ३०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै मन्त्रालयले कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको हो ।
सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको थियो । कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने जनाईएको छ ।
