
पूर्णपुष्टि, माघ १८ गते । अखिल नेपाल स्वतन्त्र विद्यार्थि युनियनले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेका छन् । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थि संगठन नेताको अगुवाईमा बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा प्रदर्शन भएको हो ।
उनिहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र हुनुपर्ने भएतापनि त्यो नभएको भन्दै आक्रोश पोखेका छन् । यस्तै जनक शिक्षामा भएको बेथितिमा विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे आफूहरू नै कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको पनि उनको गुनासो थियो । आफुहरुको आन्दोलन जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति रहेको बताएका छन् ।
