Tuesday, July 7News That Matters

अनेरास्विवियुको प्रदेश १ बिस्तारित बैठक सम्पन्न

पूर्णपुष्टि,पुष ३० ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्विवियुले गाईघाटमा प्रदेश नं. १ विस्तारित बैठक सम्पन्न गरेको छ । शनिवार त्रियुगा नगरपालिका ११, कञ्चनजंगा होटलमा एक कार्यक्रमको आयोजना गरी १४ जिल्लाका अनेरास्विवियु जिल्ला कमिटिहरुको उपस्थितिमा बैठक सम्पन्न गरेको हो ।

प्रदेश नं. १ भरीको अनेरास्विवियु पद्धाघिकारी बैठक कार्यक्रममा जनता समाजवादीका केन्द्रिय पोलिट ब्युरो सदस्य तथा अनेरास्विवियु प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यमा प्रदेश विस्तारित बैठक सम्पन्न भएको थियो । हाम्रो नेपाली मुलुक शैक्षिक पद्धति अनुसार चल्नु पर्ने र विद्यार्थीहरुमा प्राविधिक शिक्षाको ज्ञान हुनु पर्ने चौधरीले बताए । उनका अनुसार सेलर संस्थाबाट रिसर्च गर्दा मुलुकको ५ प्रतिशत कलेजका विद्यार्थीहरुमा राजनितिकमा लाग्ने गरेको पाइएको छ ।

यस बैठकमा प्रदेश १ को चौधवटै जिल्लाको अध्यक्ष, सचिव र केन्द्रिय पदाधिकारीहरु उपस्थित भएको प्रदेश १ केन्द्रिय स्थाई कमिटी सदस्य उपसचिव तथा बैठक संचालक सुरेश गुप्ताले बताए । पदाधिकारीको बैठक आगामी ईटहरी कार्यालयमा मंसिर १४ हुने बैठकमा निर्णय भएको छ ।

कार्यक्रममा अनेरास्विवियुको केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज केशरी रेग्मी, उप–महासचिव मिलन राई, सचिवमा मिलन बस्नेत, राजेश खड्का र सुमन कार्की लगाएतको उपस्थिति रहेको थियो ।