Sunday, June 28News That Matters

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य ७० प्रतिशत सम्पन्न

पूर्णपुष्टि, असोज १४ 

लतिपुरको गोदावरीमा निर्माण भैरहेको तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच गत वर्षको कात्तिक २० गते सम्झौता भएर २१ गतेबाट भवन निर्माणको काम थालिएको थियो ।

गत चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि दुई महिना साइटमा भएका रुख काट्न समय लागेका र मौसमले साथ नदिएकोले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको परियोजनाले जनाएको छ ।

६५ करोड ८१ लाख ६५ हजार रुपैयाँमा सम्मेलन केन्द्र निर्माणका लागि सम्झौता भएको थियो ।