Friday, April 17News That Matters

अपहरण तथा शरीर बन्धकमा कारागार चलान

पूर्णपुष्टि/उदयपुर, मंसिर १६ ।
अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका वडा नं. ११ बगरटोलका २३ वर्षिय उज्वल राई पुर्पक्षको लागि कारागार चलान भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
उज्वल राईसमेतले गत भदाै १० गते त्रिनपा- ११ पि.जी.चोक स्थित उदयपुर स्केटिङ पार्कबाट त्रिनपा- १२ शनिमन्दिरका २० वर्षिय संजिव राई र त्रिनपा- ११ शिवालय टोलका  १८ बर्षिय प्रबिण श्रेष्ठलाई बरुवा खोलाको किनारमा धाकधम्की दिदै अपहरण, शरीर बन्धक, कुटपिट तथा यातनासमेत दिई फरार रहेकाेमा दुईदिनअघि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पछि उदयपुर जिल्ला अदालतमा पेश गरिएकाेमा आजको आदेशले पुर्पक्षको लागी उदयपुर कारागार पठाएको हाे ।