Sunday, June 21News That Matters

अबकोक ३ दिन सम्म यी स्थानहरुमा धेरै बर्षाको सम्भावना, सचेत रहन आग्रह

पूर्णपुष्टि, असार ११

आगामी तिन दिनको बर्षा बुलेटिन मौसम पूर्वानुमान महाशाखाले सार्वजानिक गरेको छ । देशको बिभिन्न स्थानमा हुने अत्यादिक बर्षा बारे माहाशाखाले बुलेटिन सार्वजानिक गरेको हो ।

शाखाका अनुसार ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।