
पूर्णपुष्टि,फागुन १५ । जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता (पूर्णविक्रम) पल शाह आज उच्च अदालत पोखराबाट रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् ।
आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
