Tuesday, June 9News That Matters

अभिनेत्री करिश्मा सोलार हिटरसम्बन्धी विज्ञापनबारे सर्वत्र आलोचना

पूर्णपुष्टि,चैत्र ९ । मुलुकमा पछिल्लो समय सामाजिक संञ्जारमा अभिनेत्री करिश्मा मानन्धरद्धारा अभिनीत एक विज्ञापन व्यापक चर्चामा आएको छ । अभिनेत्री मानन्धरले सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा गरिएको अभिनय र संवाद बनावटी देखिए पछि उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै चर्चाको विषय बनोको हो ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो, र यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’ आफुले गरेको विज्ञापन प्रति धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् ।

यस्तै उनले थपेकी छिन्, ‘सुझाव सम्मा दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसार गर्ने हो ।’ उनले दर्शकको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको र आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर सुधार्ने मौका दिनुभएको भन्दै आभार व्यक्त गरेकी छिन् ।

उनले अन्तिममा लेखेकी छिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’