Thursday, June 18News That Matters

एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

पूर्णपुष्टि, चैत ९ । नेकपा एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन हाल कायमै रहने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने माओवादी नेता ईन्द्रबहादुर आङ्बोले बताएका छन् ।

केन्द्रमा सत्ता समीकरणको मोडालिटी तयार भएपछि मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने बताए । प्रदेश सरकारको बिषयमा (केन्द्रमा) छलफल भएको छैन् । प्रदेशको अवस्था विशिष्ट रहेको छ ‘आङ्बोले भने’ अहिले नै समर्थन फिर्ता लिनेबारे सोचेका छैनौं । सरकारको बिषयमा केन्द्रबाट निर्देशन नआएको र नेतृत्वले भाग भागबण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर गर्नुपर्ने आङ्बोको भनाइ छ ।

एमाले नेतृत्व कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । ९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । दुई दलको सिट संख्या ४६ छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा रहेको चार दलीय गठबन्धनमा पनि सिट संख्या ४६ (सभामुख बाहेक) नै छ ।