Tuesday, June 9News That Matters

अभिनेत्री निताले प्रेस काउन्सिलको गराईन् ध्यानाकर्षण , गर्भवती भएको हल्ला प्रति असन्तुष्ट

पूर्णपुष्टि, चैत ५ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छन् । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला सामाजिक सञ्जालमा फैलाएपछि उनले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी हुन् ।

भ्रम फैलाएको प्रति घोर भन्र्सना जनाउँदै ‘उनले लेखेकी छन्’ यसले मेरो जिवनमा नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’ फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको उनको गुनासो छ ।