Friday, May 22News That Matters

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने सम्भावना

पूर्णपुष्टि, असार १७

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो ।

थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि  थप चुनौतीपूर्ण हुने उनको भनाई छ ।

नागरिक स्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको  सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।