Friday, May 22News That Matters

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् ठगी आरोपमा पक्राउ

पूर्णपुष्टि, भदौ ५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी आरापमा पक्राउ परेको छ । व्यानन् माथी मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप लागेको छ ।

यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको जनाईएको छ । राष्ट्रपति ट्रम्पले समेत निकै महत्व दिनुभएको पर्खाल लगाउने योजनाका लागि वी विल्ड द वाल अभियानले २५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ ।

सङ्कलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र त्यो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप लागेको जनाईएको छ । ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गरेको जनाईएको छ ।