Tuesday, April 28News That Matters

अमेरीका प्रवेशमा चीनको जहाजलाई रोक

पूर्णपुष्टि, जेठ २२ गते । 

चिनको यात्रुवाहक जहाजलाई अमेरिकाले प्रवेशमा रोक लगाउने भएकोछ । दुई देशबीच तनाव बढ्दै गएकाले ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको हो ।

अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको संचारमाध्यमहरुले जनाएको छ

हङकङको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच तनाव भएकाले अमेरिकाले चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ ।

अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ ।

अमेरिकाको डेल्टा, युनाइटेड एअरलाइन्स लगायतका एअरलाइन्सले चीनमा उडान अनुमति माग्दा पनि महामारीलाई कारण देखाएर चीनले यात्रु उडानमा रोक लगाउँदै आएको छ । चीनले गएको मार्च १२ तारिखदेखि अमेरिकी यात्रुवाहक जहाजलाई रोक लगाएको छ ।

चीनका जति जहाजले अमेरिकामा उडान गर्छन, त्यति नै संख्यामा अमेरिकाका जहाजले चीनमा उडान गर्न पाउनुपर्ने यूएस ट्रान्पोर्ट विभागले जनाएको छ । अमेरिकाको यो निर्णयलाई डेल्टा एअरले पनि समर्थन गरेको छ ।