Wednesday, May 27News That Matters

अम्वाको रुखमा झुन्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

पूर्णपुष्टि, जेष्ठ ९

बर्दियामा एक प्रहरी जवान अम्वाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ । पाल्पा रम्भा गाउँपालिका–३ का २५ वर्षीय प्रहरी जवान कोशलबहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

खाम्चा बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान रहेको शाहीले जानकारी दिए । उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी जावन खम्चा दुई महिनादेखि सो चौकीमा कार्यरत थिए ।

उनको मृत्यु बारे पत्ता नलागेको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको शाहीले बताउनुभयो ।