
अरिंगालले टोक्दा एक युवकको मृत्यु
पूर्णपुष्टि, साउन २९ गते ।
अरिंगालले टोक्दा तनहुँमा एक युवकको ज्यान गएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनका ३१ वर्षीइ टोप बहादुर कुमालको ज्यान गएको हो ।
बिहीवार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोलो पोल्ने क्रममा उनालाई अरिङगालले टोकेको थियो । उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो ।
तर उपचारका क्रममा शनिबार विहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
