
पूर्णपुष्टि, जेष्ठ ११
धरान उपमाहानगरपालिकाका हर्क साम्पाङले बिजयी भाको भोली पल्ट देखिनै आफ्नो जिम्मेवारीलाई बहन गर्न थालेको छ । उनले अरुले बिभिन्न ठाउँमा बिजयी जुलुस मनाईरहँदा साम्पाङ भने बढी तढकभढकमा नलागी काम सुरु गरेको हो ।
साम्पाङले खानेपानीको मुहानमा सरसफाई गर्न निर्देशन दिएको छ भने आफैपनि फिल्डमा खटिएका छन् । खानेपानीलाई सफा र सुद्ध बनाउँदै पानीको मुहानलाई खुल्ला बनाई पानीको बहाव बढाउन साम्पाङले काम गर्न निर्देशन दिएको हो । राई आफैपनि त्यस ठाउँहरुमा गई खानेपानीको मुहानहरुको अवलोकन र सरसफाईमा लागेको हो ।
यस्तैगरी उनले करिब ६ महिना भित्रै धरानलाई पूर्णरुपमा सरसफाई राख्ने गरी काम सुरु गर्ने जनाए । उनले धरानको सरसफाई र फोहर व्यवस्थापनलाई ६ महिना भित्रै सकाएर देशकै सफा सहर बनाउने जनाए ।
