
प्रतिनिधि सभाको विभिन्न समितिका सदस्यहरु परिवर्तन भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले ब्युँतिएपछि सोही दलको आग्रहमा समितिमा रहने सदस्यहरु हेरफेर गरेका हुन् ।
आज सदस्यहरु हेरफेर भएका समितिहरुमा कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।
कार्यव्यवस्था परामर्श समितिमा एमालेका शेरबहादुर तामाङ रहेका छन् ।
