
पूर्णपुष्टि, चैत १३
कन्चनपुरमा अटो रिक्सासहित अवैध काठ ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । काठ ओसारपसारमा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ पक्राउ गरेका हुन् ।
म १ ह ८०५ नम्बरको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अटोरिक्सामा चार वटा सालका गोलिया लैजाँदै गरेको अवस्थामा काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको प्रहरीले जनाएको छ ।
