
पूर्णपुष्टि, साउन १
नेपालमा अवैध मोबाइलको प्रयोगमा रोक लगाउने उद्देश्यले सफ्टवेयर लागू गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरिएको हो ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नु पर्ने छ । आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई दर्ता गर्न सकिन्छ ।
वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ ।
