
पूर्णपुष्टि,वैशाख ८
सुनसरीमा अवैध सुनको कारोबार गर्ने एकजना युवक पक्राउ परेको छ । इटहरी–१६ घर भई हाल ईटहरी–६, कालिका गोल्ड एण्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिलसहित पक्राउ गरिएको हो ।
मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी–६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल एक सय ९५ दशमलव ४७० ग्राम, नगद एक लाख ५८ हजारसहित पक्राउ गरेको हो ।
घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई बरामद गरेको सुनसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।

