Monday, June 29News That Matters

अवैधरुपमा भन्सार छली गरेको २५ लाखबढीको सामान बरामद

पूर्णपुष्टि, जेठ २६ गते ।
मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले २५ लाख ६९ हजारको अवैध सामान बरामद गरेको हो ।
प्रहरीले हिजो बेलुका बिराटनगर महानगरपालिका–१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदँै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरेको हो ।
त्यस्तै, बिराटनगर–६ स्थित केसलिया रोडबाट ना.४ ख १६७८ नम्वरको टकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदैँ गरेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।