
पूर्णपुष्टि, १४ जेष्ठ ।
अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसरमा ओरक उदयपुर र पत्रकारहरुबीच छलफल भएको छ । नेपाल पत्रकार माहासंघ उदयपुरको आयोजना तथा ओरेक नेपालको समन्वयमा लैंगिक हिंसाको अवस्था चुनौती र हिंसाले महिलाको स्वास्थ्यमा पारेको असर, स्वास्थ्य अधिकार सम्बोधनमा पत्रकारहरुको भूमिका भन्ने बिषयमा छलफल भएको हो ।
ओरेक उदयपुरकी संयोजक बाला कार्कीका अनुसार हिंसाले महिलाहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने जनाईन् ।
हिंसामा परेको महिलाहरुको जिवन शैली, वास स्थान, रहनसहन सबै कुरा बिग्रिन जाँदा उनिहरुलाई स्वास्थ्य असर हुने कार्कीले जनाईन् । कार्कीले ओरेक उदयपुरका सुरक्षा बासमा आएकी महिलाहरुमा स्वास्थ्य समस्याहरु प्रसस्तै रहेको बिषयमा चर्चा गरिन् । सुरक्षावासमा घरेलु, यौन, सामाजिक लगायतका हिंसा पिडितहरु रहेको उनले बताईन । कार्कीले लैंगिक हिसाको मुख्य जड अशिक्षाका कारण रहेको जनाईन् । अशिक्षित समाज र व्यक्तिबाट प्राय यस्तो हिंसा पाईएको उनले बताईन् ।
ओरेक उदयपुरमा हाल १७४ जना हिंसा प्रभावितहरु रहेको छ । सुरक्षा आवासमा ९१ ज्ना, प्रभावितसँग आएका बालवालिकाहरु २३ जना, सुरक्षा आवास बाहेक बाहिरी सेवा लिएको ६० जना रहेको छ । त्यस मध्ये सबै भन्दा बढी त्रियुगा र दोस्रोमा कटारी नगरपालिकाको रहेको छ । उनिहरुलाई त्यहाँ मनोपरामर्श सेवा, आवश्यक लत्ता कपडा, कानुनी प्रकृयाको लागि सहयोग, आवश्यक उपचार सहयोग र दिगोजिवीको पार्जनका लागि बिउँ पुजी सहयो गलायतका सेवाहरु प्रदान गरिएको छ ।
