Tuesday, June 9News That Matters

अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

बैशाख ७ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो व्यावस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो व्यवस्था मिलाउन सबै अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो ।

अस्पताल आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन अस्पतालाई निर्देशन रहेको छ ।