
ऋषि राई
कटारी/भदौ २३ गते ।
उदयपुरका कटारी नगरपालिकाको कटारी अस्पत्तालमा निर्माणाधिन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अहिले पनि जारी छ । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको ६२ लाखको आयोजनाको काम असार मसान्तसम्ममा सक्नु पर्ने काम अझै सकिएको छैन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादब निरौलाले ५५ लाखको कामको मूल्याकंन गरी ५ प्रतिशत धरौटी काटेर ५२ लाख ५० हजार भुक्तानी दिईसकेको बताए । ‘साउन १० गते भित्र काम सक्ने भनेर नगरपालिका अस्पत्तालका डाक्टरले प्रमाणित गरेपछी समितिलाई भुक्तानी दिएको निरौलाले बताए ।
हिसाब मिलाउने समिति काम गर्ने ठेकेदार
सुबोध तामाङ्गको अध्यक्षतामा कटारी अस्पत्तालको काम गर्न समिति गठन गरिएको भएपनि ठेकेदार कम्पनी र्यापिड सर्भिस प्रालि बालाजुलाई काम दिईएको छ । समितिबाट हुने काम ठेकेदारलाई दिन नहुने प्रावधान छ । प्रालिका संञ्चालक कृष्ण ढकालले भने –‘हामी त टेण्डर हालेर लो रेटमा काम गर्नेगरी आएका थियौं तर यहाँ आएपछि समिति गठन गरेर काम गर्ने कुरा भयो ।’ कटारी नगरपालिकाका जनप्रतिनिधिहरु लगायतकका सरोकारवालाहरुको सहमतिबाट ५० लाखमा काम गरेको ढकालले बताए ।
समितिले हालसम्म ४० लाख मात्रै दिएको बताउँदै कटारीमा आवश्याक सामग्री नपाईने अन्यत्रबाट ल्याउनु पर्ने भएकाले घाटा व्यहोर्नुपरेको बताए । जेठ अन्तिमबाट काम थालेको बताउँदै ढकालले पारिवारिक समस्याका कारण पनि काम समयमा नसकिएको बताए ।

काठमाडौंमा काम गरिरहेका बेला कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र अस्पत्तालका डाक्टरहरुले आप्mनो अस्पत्तालमा पनि काम गर्न आग्रह गरेपछि कटारी आएको पनि ढकालले बताए । ५२ लाख ५० हजार भुक्तानी लिएको समितिले ठेकेदारलाई हालसम्म ४० लाख मात्रै रकम दिएका छन् । समितिका सचिव राजकुमार थापाक्षेत्रीले नगरपालिकाका मेयर र अस्पत्तालका डाक्टरको सल्लाहामा समितिमा बसेको बताए । –‘पैसा फ्रिज हुने भयो समितिमा बसेर सहयोग गर्नुपर्यो भनेपछि बसेका हौं ।’
५२ लाख ५० हजार भुक्ता गरेको जिल्ला जनस्वास्थ्यले बताईरहँदा समितिले ५० लाखमा प्रालिलाई काम दिएको छ दुईलाख ५० हजारको हिसाबका अलावा अभैm पनि ४० लाख दिएर समितिले १० लाख प्रालिलाई दिएको छैन् । सचिव थापाले भने –‘बजारमा हामीले सामान उधारो किनिदिएको चार पाँच लाख तिर्न बाँकी छ ।’
काम नसकी काम सकिएको कागजात बनाउन जिम्मेवार कटारी नगरपालिकाका ईन्जिनियर भूपेन्द्र यादबले असार २५ भित्र चेक काटिसक्नुपर्ने भएकाले कामको असी प्रतिशत प्रगति हेरेर ५ लाख घटाएर भुक्तानी गर्न पास गरिदिएको बताए ।
मजदुरले तीनमहिनादेखि श्रमको मूल्य पाएनन्
ठेकेदार प्रालिले तीनमहिनादेखि श्रम गरेका मजदुरको पैसा नदिएपछि यो रहस्य बाहिर आएको हो । कटारी ३ च्याँगाका २५ मजदुरले तीनमहिना काम गरेको पैसा नपाएपछि समाजवादी ट्रेड युनियन महासंघका सचिव यज्ञ राईको पहलमा ईलाका प्रहरी कार्यालयमा राति सम्म मजदुरले छलफल गरेका थिए ।

छलफल पछी हाल राईको जिम्मेवारीमा ढकालले पैसा नभएको र आगामी असोज १ गते पैसा निकाल्न मिल्ने सहमतिमा ५लाख ५७ हजारको चेक थमाईदिएको छ । पैसा नभएको चेक पनि दिन लिन नपाईने भएपनि कटारी अस्पत्तालका डा.गौरब साहले समेत समितिबाट समेत अभैm १० लाख लिन बाँकी भएकाले १ गते सम्ममा पैसा लिन सकिने भन्दै आग्रह गरेपछि लिएको राईले बताए ।
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुले भने तीनमहिनादेखि पैसा नपाएपछि समस्या भएको गुनासो गरेका छन् –‘पैसा माग्दा जहिले पैसा आको छैन भन्ने पैसा चाहिं लिईसकेको रहेछ , घरायासी सबै समस्या नबताए पैसा नदिने गर्थ्र्यौ ।’मजदुर भक्त तामाङ्गले भने –‘ढकालले पैसा माग्दा झर्को फर्को गर्ने काम मात्रै लगाउने गर्थ्र्यौ ।’
अर्का मजदुर लबकुश माझीले भने –‘हाम्रो आप्mनै समस्या हुन्छ पैसा आउँछ भनेर काम गरेका हौं तीन महिनासम्म पैसा नदिएपछि हामी मर्दैनौं ।’एकजना मजदुरको मात्रै ४३ हजार माथि लिन बाँकी रहेको पाईयो । २५ मजदुरले श्रमको पैसा पाएका छैनन् ।
असारमा सकिएको भुक्तानी लिएको समितिले ५२ लाख ५० हजार भुक्तान लिएर ठेकेदारलाई ४० हजार दिएका छन् । पुरै काम ५० लाखमा प्रालिले गरिरहेको छ । २ लाख ५० हजार समितिसँग नाफा छ । त्यसमा पनि प्रालिले हाल ४० हजारमात्रै पैसा लिएको छ । समितिले ठेकेदारलाई काम दिएपछि बजारमा रहेको सामानको उधारो समितिले नभई प्रालिले तिर्नुपर्नेमा समितिका सचिव थापाक्षेत्रीले बजारको उधारो तिर्नु बाँकी रहेको बताऐ ।
समितिले काम गर्दा जनश्रमदान हुनुपर्ने , समिति गठन प्रकृयामा भेला वस्नुपर्ने लगायतका प्रकृया नखुलेको र समितिले ठेकेदारलाई काम दिन नहुनेमा दिएको पाईएको छ । असार मसान्तमै काम सकिएको भन्दै भुक्तानी लिएको समितिले अस्पत्तालमा काम भने अभैm सकिएको छैन् ।कामको गुणस्तर त कामै नसकी भुक्तान लिएर बाँडफाँड गरेपछी हेर्ने निकाय नभएको स्थानीयको भनाई छ ।
