Monday, June 22News That Matters

झुन्डिएको अवस्थामा फेला परे प्रहरी जवान

पूर्णपुष्टि,वैशाख २८

आँपको रुखमा झुन्डिएको अवस्थामा एक प्रहरी जवानको शव भेटियो छ । महोत्तरी मासोमबार राती प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरी जवान a५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो । पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए ।

ड्युटी सकेर राति सुतेका प्रहरी जवान साहको बिहान शव भेटिएको थियो । जवान साहले आत्महत्या गरेको हुन सक्ने महोत्तरीका एसपी दिनेश आचार्यले बताए । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उनले बताए ।

प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन् ।

मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसकेको र आएपछि थप प्रक्रिया पूरा गरि शव जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ ।