Tuesday, April 21News That Matters

आइसोलेसन कक्षका १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २६ गते ।

पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ ।

गुल्मीको मालिका गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको जनाईएको छ ।