Wednesday, June 3News That Matters

आखाँ अस्पताल उद्घाटनका लागि भोली केपी ओली गाईघाट आउदैँ

पूर्णपुष्टि, चैत १० ।
उदयपुरमा मदन भण्डारी आँखा अस्पताल उद्घाटनका लागि भोली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उदयपुर आउने भएको छ । नेपाल नेत्र ज्योति संघ उदयपुरले पत्रकार सम्मेलन गरि आँखा अस्पताल उद्घाटनका सबै प्रक्रिया पुरा भएको हुँदा ओली गाईघाट आउने भएको जनाकारी दिएको हो ।
आज बिहिबार बिहान ९बजे अस्पतालकै परिसरमा पत्रकार सम्मेलन गरि भौतिक पूर्वाधारसहित मेजर आँखा उपचार सेवा भोलिबाट नियमित हुने नेत्र ज्योति संघ उदयपुरको अध्यक्ष भागवत राउतले बताउनुभयो ।
जिल्लामा २०६० सालमा स्थापना गरेको नेत्र ज्योति संघले २०६५ सालबाट आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । नेत्र ज्याति संघ र सगरमाथा चौधरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा भाँडाको भबनबाट हालसम्म जिल्लाबाट १ लाख ७० हजार पाँच सय २८ जनाले सेवा लिईसकेको जनाएको छ । जसमध्ये ९२ हजार ९ सय ९९ जना महिला र ७७ हजार ५ सय २९ जना महिला रहेका थिए भने २७ हजार २ सय ५९ जना बालबालिका रहेको अस्पतालले जनाएको छ ।