उदयपुर/चैत्र, २३
हिजो घर आगलागि भई बिचल्लीमा परेको एक परिवारलाई सहयोग उपलब्ध गराईएको छ । त्रियुगा नगरपालिका ४ बगाहाका आगलागि पिडित कृष्ण बहादुर श्रेष्ठलाई त्रियुगा उद्योग बाणिज्य संघ, जेसिस उदयपुर, रेडक्रस सोसाईटी लगाएतले सहयोग गरेको हो । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाइलीका अनुसार खाद्यन्न तथा भाँडाकुडा र ओड्ने ओछ्याउने सहयोग प्रदान गरिएको हो ।
