
पूर्णपुष्टि,मंसिर २४
पाँचथर फिदिमका एक स्थानीयको घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको क्षती भएको छ । फिदिम नगरपालिका–४ गढीकामा मङ्गलबार साँझ ६ बजे सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
ढकालको घरमा आगलागी हँदा दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब १ लाख, ५ तोला सुनसमेत जल्दा करीब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगो निभाउनका लागि फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतको शाहाएताले आगलागी नियन्त्रत्रमा लिएको प्रहरी जनाएको छ ।
